‘जुनमा राखु तिमीलाई’ बोलको गीतमा पल साह र आँचल को रोमान्स(भिडियो)

नेपालका चलेको जोडी पल साह र आँचल शर्माले अभियन गरेको ‘जुनमा राखु तिमीलाई’ बोलको गीति भिडियो सार्वजनिक भएको छ । केहि समययता भिडियोमा सँगै नदेखिएको यो जोडी ‘जुनमा राखौ तिमीलाई’ बोलको गितमा अभिनय गरेको देख्न सकिन्छ ।

भिडियोमा नायक पल शाह र नायिका आँचल शर्माको दमदार अभिनय छ । गीतले प्रेमील जोडीको भावना बोलेको बताइएको छ । सार्वजनिक भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । कोरियोग्राफर पल आँफै हुन् । गीतमा प्रदीप ढकाल र निखिता थापाको स्वर रहेको छ भने प्रदीप ढकालकै संगीत र बिष्णू बाबु देवकोटाको शब्द रचना रहेको छ ।


तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top