डा. केसीका सर्मथक र प्रहरी बिच झडप अश्ररग्यास प्रहार भएपछि केसी अन्तत काठमाडौ आउनै पर्यो

काठमाडौं, ३ साउन l २० दिनदेखि जुम्लामा अनसन बसेका डा. केसी अन्तत काठमाडौ आउन तयार भएका छन् । प्रहरीले बलप्रयोग गरी आफ्ना सर्मथक र बिद्याथी कुटिएपछि उनी काठमाडौँ आउन तयार भएका हुन् ।

अब केहीबेर डा केसीलाई सरकारले लिन पठाएको नेपाली सेनाको हेलिकप्टरमा राखेर काठमाडौँ ल्याइने र शिक्षण अस्पताल महाराजञ्ज मा भर्ना गरिने बताइएको छ । यसअघि सरकारले डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो ।

तर, डा. केसीका समर्थकहरुले काठमाडौंबाट गएको टोली र प्रहरीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका डा. केसीसम्म पुग्नै दिएका थिएनन् । डा. केसीले पनि आफ्नो स्वास्थ्यप्रति सरकार गम्भीर हो भने माग पुरा गर्न सरकारलाई आग्रह गरे । जुम्लामा डा. केसीका सर्मथक र प्रहरी बिच झडप भएपछि प्रहरीले लाठीचार्ज र अश्ररग्यास प्रहार गरेको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top