बाग्लु्ङमा पानी परेपछि पहिरोमा ११ घर पुरिए १२ घर भत्किए

बाग्लु्ङ, २ असार l बाग्लु्ङमा पानीपरेपछि गएको पहिरोमा परी ११ घर पूर्णरूपमा पुरिएका छन् । त्यस्तै १२ घर आंशिक रूपमा भत्किएका छन् । बाढी र पहिरोका काण बुर्तिबाङमै रहेका विभिन्न उद्योगमा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक ओमप्रकाश यादवका अनुसार सम्भावित खतरालाई मध्यनजर गर्दै मंगलबार राति नै सर्वसाधारणलाई सुरक्षित स्थानमा राखिएकाले मानवीय क्षति हुनबाट जोगिएको छ ।

बुर्तिबाङमा रहेको कुटानी पिसानी मिल, २ ग्रिल उद्योग, १ फर्निचर र प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा पूर्णरूपमा क्षति भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । मंगलबार दिउँसोदेखि परेको वर्षाका कारण आएको पहिरोले बुर्तिबाङ बजारमा पूर्ण प्रभावित भएको स्थानीय वासीन्दाको भनाइ छ ।

पहिरोले पुरेका घरहरूमा के कति क्षति भयो भन्ने विषयमा यकिन भइसकेको छैन । अहिले उद्धारको काम चलिरहेका छ भने क्षती यकिन विवरण संकलन गर्ने काम पनि जारी रहेको जिल्ला प्रशासन कार्यालय बाग्लुङले जानकारी दिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top