चिप्लेढुङ्गा मिनिमार्केट व्यपारीक एशोसियसनको अध्यक्षमा ईन्द्र बहादुर कार्की

समाचारपाटी, पोखरा, ३० असार । चिप्लेढुङ्गा मिनिमार्केट व्यपारीक एशोसियसनको पाँचौ वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले ईन्द्र बहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सिता सुवेदी, महासचिवमा निरु बोगटी, सचिवमा युवराज पोखरेल, कोषाध्यक्षमा चन्द्रमाया भण्डारी चयन हुनुभएको छ । यस्तै अधिवेशनले सदस्यहरुमा रुद्र प्रसाद सुवेदी, मिलन शाही, मेघराज पोखरेल, आशा देवी दाहाल, सदस्य भरत आले मगरलाई चयन गरेको छ ।

यसअघि कार्यक्रमको गण्डकी प्रदेशका सांसद मिना गुरुङले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विशेष अतिथि गण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जिब बहादुर कोईराला, पोखरा महानगरपालिका वडा नं. ९ का सचिव लोकदर्शन कोईराला, युवा समाजसेवी एवं बास्तोला कम्प्लेक्सका संचालक माधव बास्तोला लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम संस्थाका सस्थापक अध्यक्ष ओमराज बास्तोलाको अध्यक्षतामा भएको थियो भने संचालन इन्द्र बहादुर कार्कीले गर्नुभएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top