विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग - SamacharpatiSamacharpati        

विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

पोखरा, ३० असार । अमेरिका निवासी गौरव कुवरले पोखरा महानगरपालिका वडा नं १५ मा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न समुदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् ।  शिशु देखिकक्षा १० सम्मअध्ययनरत जेहेन्दार तथा,विपन्न समुदायका  ४० जना विद्यार्थीहरुलार्ई शैक्षिक सामाग्री वितरण गरिएको वडा नं १५ का दलित महिला सदस्य तथा कार्यक्रम संयोजक मन्दिरा परियारले जानकारी दिईन् ।


कार्यक्रमका प्रमुख अतिथि समाजसेवी मोतीलाल कुँवरले कालिका मा.बि रामबजार कक्षा १ माअध्ययनरत छात्रा सञ्जु बि.क लाई कपि,कलम, स्कूल ड्रेस, स्वीटर र नगद ६०० प्रदानगरि कार्यक्रमको उध्घाटन गरेका थिए । आफ्नो भाइको जन्मथलोमामानवीय सेवा गरौँ भन्ने भावनाका साथ शिक्षाको पहुचबाट टाढा रहेका बालबालिकाहरुलाई कपी, कलम, स्कूल ड्रेस, स्वीटर र नगदरु ६ सय समेत प्रदान गरिएको गौरवकी दिदी सुचित्रा थापाले बताईन् । गौरवका पिता मोतीलाल कुँवर र माता तारादेवी कुँवरको पनि सो अवसरमा उपस्थिति थियो ।

सो अवसरमा बोल्दै वडा अध्यक्ष प्रकाश पौडेलले आँफुले वडा अध्यक्षको उम्मेदवारी दिनेबेलामानै १५ नं वडा लाइ शिक्षामैत्री बनाउने प्रतिबद्धता गरेको र सोही बमोजिम यस अघिपनि ८० भन्दा बढि बालबालिकाहरुलाई सहयोग गरिसकेको बताए ।

कार्यक्रममा वडा न १५ काजनप्रतिनिधि, अभिभावक, समाजसेवी बलरामपौडेल, शिक्षकशिव ब. भण्डारी लगायतको उपस्थितिे थियो ।
वडा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न उक्तकार्यक्रमको सञ्चालन वडा महिला सदस्यपार्वतीकार्र्कीले गरेकीथिईन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित