डा. केसीको समर्थनमा माइतीघर मंण्डलमा खुला आकाशमुनी बिरामीको स्वास्थ्य परिक्षण

काठमाडौँ, २९ असार l चिकित्सकहरुले आज काठमाण्डौको माइतीघर मंण्डलमा खुला आकाशमुनी बिरामीको स्वास्थ्य परिक्षण गरेका छन् । डा. केसीको समर्थनमा उनीहरुले माइतीघर मंण्डलामा बिरामीको स्वास्थ्य परिक्षण गरेका हुन् । उनिहरु सरकारले निषेधित क्षेत्र घोषणा गरेको माइतीघरमण्डलामा आज दिउँसो जम्मा भएका थिए ।

सहभागी भएका चिकित्सक र विद्यार्थीहरूले ‘डा. गोविन्द केसीको माग पुरा गर’, ‘मेडिकल माफिया होसियार’ लेखिएको प्लेकार्ड बोकेका थिए ।त्रिवि शिक्षण अस्पतालका चिकित्सक तथा विद्यार्थीहरुले डा केसीको समर्थनमा सांकेतिक विरोध थालिएको बताएका छन् । उनीहरुले माइतीघरमै ओपिडी पनि सांकेतिक विरोधका लागि सुरु गरिएको बताए ।

’एक दुई तीन चार, हामी मान्ने छैनौँ हार’, ‘डा. केसीको अनशन, माफियालाई टेन्सन’, ‘माफिया पोस्ने सरकार चाहिँदैन’ सहितका नारा लगाउँदै बिरामी पनि जाँचेका थिए । जुम्लाको खलङ्गामा दुई सातादेखि आमरण अनशनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका विद्यार्थीहरूले आजबाट माइतीघरमण्डलामा बहिरङ्ग सेवा दिन थालेका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top