टुडेज् पानी माथि शिल वन्दी, संचालक श्रेष्ठद्धारा फेवाटेलिभिज माथि दुर्ब्यबहार

पोखरा, २७ असार । टुडेज् पानीका संचालक कपिलकिरण श्रेष्ठले पोखराको फेवा टेलिभिजनका पत्रकार हेमराज अधिकारी माथि दुव्र्यवहार गरेकाछन। बुधबार जिल्ला अनुगमनको टोलीले सिएमसी अक्वा पानी उत्पादन गर्ने कम्पनीमा अनुगमन गर्दै गर्दा पानी संचालक श्रेष्ठले आफ्नो कम्पनीको पानी सम्बन्धि भिडियो नखिच्न धम्की दिदै भिडियो क्यामरा तोडफोड गरेका हुन । श्रेष्ठले पत्रकार अधिकारी माथि दुव्यवहार गरी भिडियो क्यामरा माथि आक्रमण गर्दा भिडियो क्यामरा नै तोडफोड भएको अधिकारीले जनाए ।

केहि साता अघि जिल्ला अनुगमन टोलीले उक्त कम्पनी माथि अनुगमन गरी नमुना परिक्षण गर्दा जारको पानीमा कोलिफम (दिशाको मात्रा) भेटिएको रिपोर्ट आएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षत्रीले बताए । कम्पनीको पानीमा हाल शिलवन्दी गरिएको उनले जनाए । पानीका संचालक श्रेष्ठले आफुनो पानीको बिषयमा भिडियो नखिच्न आग्रह गर्दा नमाने पछि भिडियोको डिस्प्ले हुने भागलाई दुई हातले वन्द गराएको बताए ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, कास्कीका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङ, उपभोक्ता मन्च कास्कीका अध्यक्ष कपिलनाथ कोईराला लगायको उपस्थिती हुदा हुदै पानी संचालक श्रेष्ठले फेवाटेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीले भिडियो खिच्दै गरेको भिडियो क्यामरा माथि आक्रमण गरेका हुन ।

यसैबिच, नेपाल पत्रकार महासंघ कास्कीले यस घटना प्रति घोर भत्सना गरेको छ। पत्रकार अधिकारी महासंघ कास्कीका सदस्य समेत हुन । बुधबार जिल्ला अनुगमन टोलीसंगै पोखराको हेमजा स्थित सिएमसी अक्वा वेवरेज कम्पनीद्धारा उत्पादन भएको टुडेज् मिनरल वाटर मापदण्ड विपरित भएको बिषयमा भिडियो खिच्दै गर्दा कम्पनिका संचालक कपिलकिरण श्रेष्ठले पत्रकार माथि दुव्र्यवहार तथा क्यामरा तोडफोड गरेको घटनालाई नेपाल पत्रकार महासंघ कास्की शाखाले बुधबार प्रेस विज्ञेपित जारी गर्दै घोर भत्सना गरेको हो । श्रेष्ठको यो हर्कत सिंगो संचार माध्यम माथिको ठाडो हस्तक्षेप भएको महासंघले जनाएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. रविन्द्रमान गुरुङ, उपभोक्ता मन्च कास्कीका अध्यक्ष कपिलनाथ कोईराला लगायतको उपस्थितीमा दुव्र्यवहार र तोडफोड भएको घटनाले, पत्रकार असुरक्षित भएको महशुस गरेको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।

दोषी उपर कडा कारवाही गर्न, तोडफोड भएको क्यामराको उचित क्षतीपुर्तिको व्यबस्था गर्न र पत्रकारको भौतिक सुरक्षाको ग्यारेन्टी गर्न स्थानिय प्रशासन समक्ष माहासंघले जोडदार माग गरेको छ। साथै महासंघले आगामी दिनमा यस्ता घटना नदोहोर्याउन सम्वन्धित सवै सरोकारवाला पक्षसंग हार्दिक अनुरोध गरेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top