अष्ट्रेलियन युवती यमी फाल्जोले यस्तो सुमधुर स्वरमा गाईन् चर्चित नेपाली गीत (भिडियो सहित)

गीत संगीत तथा कलाको जात, धर्म र भूगोल हुँदैन भन्ने उक्तिलाई अष्ट्रेलियन युवती यमी फाल्जोले पुष्टि गरेकी छन् । उनले केही चर्चित नेपाली गीत गाएकी छन् ।

पत्रकार सरल गुरुङसँगको कुराकानीमा उनले नेपाली चर्चित गीत गाएकी हुन् । नेपाली गीत संगीतप्रतिको उनको मोह देखिन्छ । नेपाली शब्दलाई उनले गीतमा न्याय संगत उच्चारण गर्ने प्रयास गरेकी छन् ।

चलेका गीतहरु सुरिलो र सुमधुर स्वरमा फाल्जोले गाएकी छन् । उनले ‘पिरतीको छाता ओढाउन’, कुटुमा कुटु सुपारी दाना’, कालेदाइले लगाउने कालै छ कोट’ जस्ता चर्चित नेपाली गीत गाएकी छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित