बेपत्ता भएका ओमराज पौडेल खोइ ?

ओमराज पौडेलको मोबाइलमा ६८ पटक फोन हान्ने को हो ?  १ महिलाको संलग्नता  रहेको प्रहरीको भनाई  ! हेर्नुहोस यस्तो रहस्य बाहिरियो
पोखरा लेखनाथ महानगरपालिका कार्यालयका बरिष्ठ अधिकृत ओमराज पौडेल विगत केहि हप्ता देखि सम्पर्क विहिन भएका छन । उनको खोजी कार्यमा सबै जुट्न पोखरा लेखनाथ महानगरपालिका कार्यालयले आज (शनिबार) पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी आव्हान गरेको हो ।
पौडेलको घर परिवार, महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की सहित सिंगो कास्कीको सुरक्षानिकाय खटिदा पनि उनको बारेमा हालसम्म कुनै जानकारी प्राप्त नभएको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले जनाए ।
प्रमुख जिसीले पौडेललाई काममा प्रेसर दिएका कारण घट्ना घटेको भन्ने आरोप तथ्यहिन भएको दाबी गरे । यसअघी नेपाली कांग्रेस र स्थानिय तह कर्मचारी युनियन नेपालले विज्ञप्ती निकाल्दै महानगरपालिकामा काममा परेको दवाब र टर्चर दिदा घट्ना घटेको आरोप लगाएको थियो । मेयर जिसीले अधिकृत पौडेल वेपक्ता भएको बिषयमा आफुहरु गम्भिर भएको बताउदै उनी बेपक्ता हुनुमा महानगरपालिका र आफुहरु कुनै कारणले पनि दोषि नरहेको प्रष्ट्याएका हुन।
तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top