डा. गोविन्द केसीलाई देश विदेशबाट समर्थन केसीको जीवन रक्षाको माग

२७ असार l सरकारले ल्याउन लागेको चिकित्सा विधेयक तथा चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राखेर डा. गोविन्द केसी करिब दुई हप्तादेखि आमरण अनशन बसिरहेका छन् ।

जुम्लामा १२ दिनदेखि अनशन बसेका हाडजोर्नी विशेषज्ञ तथा प्रा. डा केसीको आमरण अनशनप्रति देश विदेशबाट समर्थन प्राप्त भइरहेको छ । साथै केसीको जीवन रक्षाको माग पनि गरिएको छ ।

यसैक्रममा अष्ट्रेलियामा रहेका नेपालीहरुले पनि डा. केसीको अनशनप्रति ऐक्यबद्धता जनाउँदै उनको जीवन रक्षाको माग गरेका छन् । डा. केसीको अनशनप्रति ऐक्यबद्धता जनाउन अष्ट्रेलियाको सिड्नीस्थित एशफिल्ड पार्कमा कार्यक्रमको आयोजना गरिएको छ ।

यही जुलाई १५ तारिखमा हुने कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ । साथै कार्यक्रममा सहभागी हुन वा कुनै
जानकारी चाहिएमा डा. घनश्याम चापागाईं, डीला खरेल र सुधीर शाहलाई सम्पर्क गर्न आह्वान गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित