भारतमा प्रेमिकालेआफूलाई समय नदिएको झोकमा प्रेमीको लिङ्ग काटिदिइन्

२७ असार l भारतको बिहारस्थित सीतामढीमा एक प्रेमिकाले आफ्नै प्रेमीको लिङ्ग काटिदिएकी छन् । आफूलाई समय नदिएको भन्दै उनले प्रेमीको लिङ्ग काटिदिएकी भारतीय मिडियाले जनाएको छ । आरोपी ३५ वर्षीया रञ्जु देवीले आफ्नै प्रेमी २१ वर्षीय रमेश पासवानको लिङ्ग काटिदिएकी हुन् ।

रञ्जुविरुद्ध उजुरी दर्ता भइसकेको छ भने उनलाई गिरफ्तार गरेर कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ । भारतीय प्रहरीकाअनुसार उनीहरुबीच देवर भाउजुको नाता छ । तर, लामो समयदेखि उनीहरुबीच अनैतिक सम्बन्ध रहँदै आएको थियो। केही समय अघि विवाह गरेपछि रमेशले रञ्जुलाई समय दिन सकेनन् । उनी आफ्नी श्रीमतीलाई समय दिन थालेपछि आक्रोशित बनेकी रञ्जुले आफ्नो घरमा बोलाएर रमेशको लिङ्ग काटिदिएकी हुन् ।

रमेशलाई श्रीमतीलाई छाडेर आफूलाई समय दिन भन्दै आएकी रञ्जुले अन्ततः रमेशकै लिङ्ग काटिदिएको घटनाले सीतामढीमा निकै खैलाबैला भएको छ । लिङ्ग काटिइएका रमेशको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top