पोर्चुगलबाट बाहिरिएका क्रिष्टियानो रोनाल्डोले क्लब परिवर्तन

काठमाडौं, २७ असार । रुसमा जारी फिफा विश्वकपबाट आफ्नो टिम पोर्चुगल बाहिरिएका बेला क्रिष्टियानो रोनाल्डोले क्लब परिवर्तन गरेका छन् । यद्यपी यसको औपचारिक घोषणा हुन बाँकी रहेका बेला उनले आफ्ना समर्थकलाई खुला पत्र लेख्दै युभेन्टस गएको जानकारी दिएका छन् ।

रियल मड्रिडबाट युभेन्टस गएका उनले रियलका समर्थकलाई भावुक खुला पत्रमार्फत धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘म यी वर्षमा रियल मड्रिडमा र मड्रिड सहरमा जीवनका सबैभन्दा खुसीको समय व्यतित गरिरहेको थिएँ । त्यसैले म यो क्लव र समर्थकलाई धन्यवाद दिन चाहान्छु ।

युभेन्टसमा आफ्नो करियरको नयाँ अध्याय सुरु भएको भन्दै उनले आफ्ना समर्थकलाई भनेका छन् । उनी रियलबाड ८८ मिलियनमा युभेन्टस गएका हुन् । उनले रियलका अध्यक्ष, निर्देशक, आफ्ना सहयोगी, टिममेट, डाक्टर सबैलाई धन्यवाद भनेका छन् ।

उनले रियलबाट सबै प्रतियोगितामा ४५० गोल गरेका थिए । उनी रियलका अल–टाइम टप स्कोरर समेत हुन् । उनले ९ बर्षमा चार च्याम्पियन्स लिग र दुई ला लिगा जितेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top