थ्रि एन्जल्स नेपालको वार्षिक समिक्षा सन् २०२२ सम्म पूर्ण आत्मनिर्भर बन्ने योजना

पोखरा , २७ असार ।  मानव बेचबिखन बिरुद्ध क्रियशिल संस्था थ्रि एन्जल्स नेपाल सन् २०२२ सम्म पूर्ण आत्मनिर्भर हुने भएको छ ।
पोखरामा मंगलबार सम्पन्न बार्षिक समिक्षा बैठकमा संस्थाका प्रमुख कार्यकारी निर्देशक डा. राजेन्द्र कुमार गौतमले सो जानकारी दिनुभएको हो । संस्थाको आगामी वर्ष २०७५÷०७६ लागि तय गरिएका कार्यक्रम तथा रणनैतिक योजना प्रस्तुत गर्दै डा. गौतमले संस्थाका कार्यक्रमहरुलाई सरकार र सरोकारवाला निकायहरुसंग समन्वय गर्दै आत्मनिर्भरमा अगाडि बढिसकेको बताउनुभयो ।


संस्थाका संस्थापक अध्यक्ष तथा केन्द्रीय बाल कल्याण समिति सदस्य समेत रहनु भएका गौतमले सबै बिभाग र कर्मचारीहरुलाई अब आत्मनिर्भरको बाटोमा कार्यसम्पादन गर्न आग्रह गर्नुभयो । बिकासको नयाँ मोडलमा संस्थाले आफ्ना कार्यक्रमहरुलाई बिकसित गरेका कारण संस्थाका सबै कार्यक्रमहरु सेवाग्राही लक्षित हुने उहाँको भनाई छ ।

संस्थाको दिगो विकास र आत्मनिर्भर बनाउन स्थानीय श्रोतहरुको पहिचान र सदुपयोग गर्दै, देशका विभिन्न जिल्लाहरुमा संचालित शाखाले यहि बर्ष देखि बार्षिक बजेटको २० प्रतिशत स्वयमले व्यवस्थापन गर्नेछन् । त्यस्तै विद्यालय र रेडियोले क्रमस १५ र १० प्रतिशत संस्थालाई सहयोग गर्ने प्रक्षेपण गरिएको छ ।

संस्थाका वित्त तथा कार्यक्रम निर्देशक डा.मदन थापाका अनुसार आगामी बर्षमा मानब बेचबिखन सम्बन्धि रास्ट्रब्यापी सवेक्षण गर्ने, सार्बजनिक सुनुवाई, दिगो बिकासका कार्यक्रम लाई विस्तार गर्ने, कर्मचारीलाई विभागीय क्षमता अभिबृद्धि समबन्धि तालिम प्रदान गर्ने, रेडियो दिवस मनाउने, महिला तथा बालबालिका सम्बन्धि पुनर्मिलन नीति तयार गर्ने, बिभिन्न बिभागहरुको नियमित अनुगमन र मूल्यांकन गर्ने, संस्थाको अर्धबार्षिक बुलेटिनलाइ नेपाली र अंग्रेजी दुबैमा तयार पार्ने, साथै संस्थाले गरेका गतिविधिहरुको आम सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्ने लगायतका कार्यनीति रहेको जानकारी दिनुभयो ।

थ्रि एन्जल्स नेपालद्वारा हाल बालगृह, शुभतारा थ्रि एन्जल्स मिसन स्कूल, थ्रि एन्जल्स सामुदायिक रेडियो, पुनस्थापना केन्द्र, सुदिक्षा बचत तथा ऋण सहकारी संस्था, आम्दानी प्रदायक बिभाग , कारागार तथा समुदाय विकास बिभाग संचालित छन । यसैगरी संस्थाका कञ्चनपुर, धनगढी, नेपालगंज, भैरहवा, चितवन, काठमाडौंमा गरी सातवटा शाखा कार्यालयहरु समेत संचालनमा रहेका छन् । त्यस्तै कारागार तथा समुदाय विकास बिभाग बाट ३० ओटा कारागारमा १५ हजार बराबरको औषधि वितरण गर्ने, समुदायमा आबश्यक भवन निर्माण गरिने योजना समेत रहेको छ । संस्थाले आयमुलक कार्यक्रम अन्तर्गत केरा खेति, च्याउ, बदाम, कुखुरा पालन तथा चितवनमा कृषि फार्म सञ्चालन गरिने कार्यक्रम निर्देशक डा.मदन थापाले जानकारी दिनुभयो ।

संचालित परियोजनाको बारेमा संक्षिप्त जानकारी गराउँदै संस्थाका मानब संसाधन म्यानेजर किसन बहादुर गुरुङले आगामी दिनमा मानब बेचबिखन बिरुद्धको कार्यक्रम, शुभतारा थ्री एन्जल्स मिसन स्कूल, बालगृह, थ्रि एन्जल्स रेडियो, आम्दानी प्रदायक बिभाग लगायतका कार्यक्रमहरुलाइ आत्मनिर्भर बनाउनको लागि दिगो बिकाशका उपायहरुको बारेमा चर्चा गर्नुभयो ।

अध्यक्ष शारदा खत्री गौतमको अनुपस्थितिमा उहाँको लिखित शुभकामना सन्देशसचिब गणेश कुमार श्रेष्ठले पढेर सुनाउनु भएको थियो । तिनदिन सम्म चलेको उक्त समिक्षा बैठकमा संस्थाद्वारा संचालित बिभिन्न विभागका विभागीय प्रमुखहरुले बर्ष २०७४÷०७५ मा गरेका गतिबिधि र आगामी बर्षको रणनैतिक कार्ययोजनाहरु प्रस्तुत गरेका थिए । संस्थाका कोषाध्यक्ष रुपा थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त समिक्षा बैठक समापन कार्यक्रमको संचालन थ्रि एन्जल्स रेडियोका प्रकाश अधिकारीले गर्नुभएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top