रोजगारीकोलागि कतार गएका युवाहरुको संगठन ले गरेयो एम्बुलेन्स सहयोग

पोखरा, २७ असार l रोजगारीको लागि कतार गएका युवाहरुको संगठन अर्घाखाँची सेवा समाज कतारले आज श्रीशिद्देश्वर शिवालय तथा आनन्द बृध्दाश्रमलाई एक कार्यक्रम का बिच एम्बुलेन्स हस्तान्तरण गरेकोे छ । प्रवासमा अर्घाखाँचीबासीहरु एक होऔ नेपाली समाजका लागि सहयोग गरौ भन्ने नाराकासाथ विरामीको सेवाको लागि एम्बुलेन्स किनी हस्तान्तरण गरिएको अर्घाखाँची सेवा समाज कतारका पुर्व कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए । झण्डै १२ लाखमा एम्बुलेन्स खरिद गरि हस्तान्तरण गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डाक्टर जगन्नाथ तिवारिले आश्रमका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ लाई शान्तीबगैंचाको योगाहलमा हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा सन्धिखर्क नगरपालिकाका वडा अध्यक्षहरु युवराज बन्जाडे, मोतीजंग रायमाझि, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसाल लगायतको उपस्थिति रहेको थियो । सथै उक्तकार्यकैम्मा पुर्व संरक्षक श्री नारायण प्रसाद खनाल ज्यु ,पुर्व कोषध्यक्ष श्री राज कुमार श्रेष्ठ ज्यु ,कार्यमिति सचिबालय सदस्य घनश्याम न्यौपाने ज्यु , सदस्य जनार्दन न्यौपाने ज्यु को उपस्सथती रहेको जनार्दन न्यौपाने ले जानकारी गराउनु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित