चिल्ड्रेन नेपालको सम्मान बालबालीका, अभिभावक र कर्मचारीलाई (भिडियो सहित)

समाचारपाटी, पोखरा, २६ असार । चिल्ड्रेन नेपालले एसइइ, प्लस टु, स्नातकमा उत्कृष्ठ अंक ल्याउने आफ्ना विद्यार्थी तिनका अभिभावक सहयोगी, उत्कृष्ठ कमर्चारी लागयतलाई सम्मान तथा पुरस्कार वितरण र विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।


मंगलबार पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशकी सामाजीक विकास मन्त्री नरदेवी पुनले सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्दै पुनले बालबालीका र महिलाको क्षेत्रमा सरकारले गर्नुपर्ने काम चिल्ड्रेन नेपालले गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै काम गरेर प्रदेश सरकारलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।

प्रदेश सरकार महिला र बालबालीकाको क्षेत्रमा रहेका समस्या हटाउदै सम्बन्धीत सरोकारवाला संस्थासंग सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमूख केदार आचार्य, कन्या माद्यमीक विद्यालयका प्र.अ प्रेम बहादुर बुढाथोकी, इन्सेकका अध्यक्ष शिव खकुरेल, गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष गोपाल खड्का लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा एसइई उर्तृण ५२ जना, दश जोड २ उर्तृण १३ जना र स्नातक उर्तृण १ जनालाई सम्मान गरिएको थियो । यस्तै ८ जना अभिभावक र चिल्ड्रेन नेपालका ४ जना कर्मचारीलाई पनि सम्मान गरिएको छ । सम्मान हुनेमा चिल्ड्रेन नेपालका सहसंयोजक रमेश सुवेदी, वरिष्ठ कार्यक्रम अधिकृत सारदा शर्मा, लेखा सहायक हरीप्रसाद पोखरेल, संस्थाकी काठ्माण्डौ सम्पर्क कार्यलयकी सहायक विना तामाङ र कार्यसमिति उपाध्यक्ष सावित्री नेपाली रहनुभएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष भिमलाल गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक रामचन्द्र पौडेलले सस्थाको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

भिडियो हेर्नुहोस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित