तारक मेहताका उल्टा चस्मामा हंसराज हात्तीको भुमिका निर्वाह गर्ने कलाकार कवि कुमार आजादको निधन

मुम्बर्इ, २६ असार l भारतीय चर्चित टेलिभिजन शो तारक मेहताका उल्टा चस्मामा हंसराज हात्तीको भुमिका निर्वाह गर्ने कलाकार कवि कुमार आजादको निधन भएको छ । भारतिय संचार माध्यमका अनुसार हृदयघातका कारण वकहार्ड अस्पताल मुम्बर्इमा उपचारको क्रममा निधन भएको हो ।

हास्यकलाकार बन्ने सिलसिलामा विहारबाट मुम्बई पसेका आजादले भारतीय चलचित्र मेला र फन्टुसमा समेत अभिनय गरेका आजादले लामो समयदेखी तारक मेहताका उल्टा चस्मामा कलाकारको भूमिका निभाउदै आएका थिए ।

उल्टा चस्मा शो का निर्माता असित कुमार मोदीले आजाद इमान्दार र लगनशील कलाकार भएको बताउदै उनको निधनले आफूलाई दुखित बनाएको बताए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित