कैलाश विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

पोखरा, २६ असार l कैलाश विकास बैंकले आफ्नो सामाजिक उत्तरादायित्व अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका–द्दज्ञ, दम्सादीमा रहेको बाल कल्याण आधारभूत विद्यालयमा अध्ययनरत अति विपन्न तथा गरिब विद्यार्थीहरुलाई शैक्षिक सामग्री एक कार्यक्रमका साथ हस्तान्तर०ा गरेको ५ । शैक्षिक सामग्री अन्तर्गत उक्त विद्यालयमा अध्ययन गर्ने सम्पूण स–साना नानीबाबुहरुलाई १ वर्षलाई पुग्ने पठनपाठनका सामग्रीहरु जस्तै स्कुल व्याग, कपी, पेन्सिल,  इलेजर, कलर पेन्सिल, आर्६ कपी तथा खाजा वितरण गरिएको थियो ।


शैक्षिक सामग्री वितरण कार्यक्रममा उक्त विद्यालयका संचालक समितिका अध्यक्ष श्रीमती गंगा आचार्य, विद्यालयका प्रधानाध्यापक श्री बोधराज आचार्य, कैलाश विकास बैंकका वरिष्ट प्रबन्धक बुदिराज बराल, सहायक प्रबन्धक अम्बिका शर्मा, विभिन्न शाखाका शाखा प्रबन्धकहरु, कर्मचारी तथा विद्यालयका अभिभावक, शिक्षक–शिक्षिका र विद्यार्थी भाईबहिनीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्दै कैलाश विकास बैकका वरिष्ट प्रबन्धक बुदिराज बरालले आफ्नो सामाजिक उत्तरादायित्व अन्तर्गत बैंकले समय–समयमा यस प्रकारको सहयोग गरेको जानकारी गराउदै हालसम्म यस बैंकका ५३ वटा शाखा र २५ वटा एटिएम बाट बैंकिङ सेवा पुर्याउदै आइरहेको बताउनु भयो ।

वहांले यस बैंकको हालसम्म २ अर्ब ५२ करोड चुक्ता पूँजी रहेको, २२ अर्ब ३ करोड निक्षेप संकलन तथा १९ अर्ब ६५ करोड ऋण लगानी भएको जानकारी गराउदै यस बैंकले मोबाइल बैंकिङ, आस्वा, डिम्याट, सन्ध्याकालीन सेवा, ३६५ दिने सेवा लगायतका अत्यधुनिक बैंकिङ सेवाबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउनु भयो ।


त्यसै गरि कार्यक्रममा संयोजक तथा यस बैंकका सहायक प्रबन्धक अम्बिका शर्माले यस शैंक्षिक सामग्री वितणले विद्यार्थी बर्गको शैक्षिक विकासमा टेवा पुर्याउनका लागि बैंकले सहयोग गरेको जानकारी गराउदै भविष्यमा पनि बैंकले आफ्नो सामजिक उत्तरादायित्वलाई सधैं प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबदता जनाईन् । उक्त कार्यक्रममा विद्यालयका संचालकका समितिका अध्यक्ष र विद्यालयका प्रधानान्ध्यापकले समेत आफ्नो मन्तब्य राखेका थिए भने कार्यक्रमलाई यस बैंकका कर्मचारी किसन गिरीले संचालन गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top