जान्नुहोस ! मृत शरीरको नाक र कानमा कपास राखिनुको यस्तो छ कारण

स्वभाविक मृत्यु हुँदा होस् वा अन्य कारणले किन नहोस् मृत शरीरको नाक र कानमा कपास राखिन्छ । किन राखिन्छ कपास ? कमैलाई मात्र यसबारे थाहा होला । यसमा वैज्ञानिक र धार्मिक दुवै कारण रहेका छन् ।

मृत शरीरको नाक र कानमा कपास राख्नुको वैज्ञानिक र धार्मिक कारण भने फरक फरक रहेका छन् । वैज्ञानिकहरुको अनुसन्धानले मृत्युपछि मानिसको नाक तथा कानबाट पानी निस्कन्छ । उक्त पानीलाई शरीर बाहिर आउन नदिन कपास राख्ने गरिएको हो । साथै मृत शरीरमा छिटो संक्रमण हुने भएकाले शरीर भित्र किटाणुको प्रवेश रोक्न पनि नाक र कानमा कपास राख्ने गरिएको हो ।

यस्तै, हिन्दु धर्मको शास्त्र गरुड पुराणकाअनुसार मृतकको शरीरका विभिन्न खुला भागहरुमा सुनको टुक्रा राख्नु पर्छ । नाक, कान, आँखा, मुख जस्ता ठाउँमा सुनको टुक्रा राखिदिनुपर्ने पुराणमा उल्लेख भएपनि नाक र कानको प्वाल अलिक ठूलो हुने र सुनको सानो टुक्रा खस्ने भएको हुँदा कपास राख्ने गरिएको हो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top