सुनको मूल्य एक सय रुपैयाँले बढेर तोलामा यति पुग्यो

काठमाडौँ, २६ असार l साताको तेस्रो दिन आज सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुनको मूल्य एक सय रुपैयाँले बढेर तोलामा ५७ ९०० पुगेको छ ।

सोमबार ५७ हजार ८०० मा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन सोमबार ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी पाँच रुपैयाले बढेर चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top