प्रदेश विश्वविद्यालय तनहुँमा खोल्न उपयुक्त रहेको निष्कर्ष

पोखरा, २५ असार । सरकारी कार्यदलले तनहुँको बेलचौतारामा प्रादेशिक विश्वविद्यालय खोल्न उपयुक्त रहेको निष्कर्ष निकालेको छ ।

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममै खुल्ला विश्वविद्यालय खोल्ने उल्लेख छ भने प्रदेशस्तरीय विश्वविद्यालय खोल्न विस्तृत सम्भाव्यत्ता अध्ययन गर्न सरकारले १ करोड बजेट छुट्याइएको छ ।

विश्वविद्यालयबारे प्रारम्भिक अध्ययन गर्न प्रा. डा. गणेशमान गुरुङको संयोजकत्वमा कार्यदल नै बनाएको थियो । प्रदेशका एघारै जिल्ला पुगेर तयार पारेको प्रतिवेदन सामाजिक विकास मन्त्रालयलाई बुझाएको छ ।

प्रतिवेदनमा तनहुँको बेलचौतारास्थित भानुभक्त क्याम्पसलाई प्रदेश सरकारले खोल्ने विश्वविद्यालय बनाउन सकिने उल्लेख छ । प्रशस्त जग्गा, एघारै जिल्लाको मध्यभाग, पृथ्वीराजमार्गको छेऊमै रहेको र क्याम्पस पनि ईच्छुक रहेकाले भानुभक्त क्याम्पस नै उचित रहेको संयोजक गुरुङले बताए ।

भानुभक्त क्याम्पसको ४ सय रोपनीभन्दा बढी जग्गा छ । थप जग्गा आवश्यक परे व्यवस्था हुन सक्ने देखिएको संयोजक गुरुङले बताए ।

NewsSource : Amrit Subedi/Onlinekhabar.com

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित