ने.वि.संघ लमजुङ-चितवन सम्पर्क समितिको अध्यक्षमा सुदिप

नेपाल विद्यार्थी संघ लमजुङ चितवन सम्पर्क समितिको अध्यक्षमा सुदिप अधिकारी निर्विरोध चयन भएका छन् । सुन्दरबजार नगरपालिका वाड नं १० लमजुङ घर भई हाल अध्यनको सिलसिलामा चितवन भरतपुर स्थित बिरेन्द्र बहुमुखी क्याम्पसमा अध्यनरत उनी नेपाल विद्यार्थी संघ बिरेन्द्र बहुमुखी क्याम्पस ईकाईको सह-सचिव समेत रहेका छन् । विद्यालय स्तरीय देखिनै ने.वि.संघको राजनीतिमा सक्रिय रहदै आएका उनले श्री सौभाग्य सदन मावि, सुनपा १० धुसेनीबाट प्रवेशिका उर्तिर्ण गरि चितवनलाई कर्म थलो बनाई अध्यनसगैँ विद्यार्थी राजनितीलाई वुझ्दै आउदा उनले हरेस कहिल्लै खाएनन् र विचल्लित पनि हुनु परेन ।

मध्य वर्गिय परिवारमा हुर्केका उनले नेपाल विद्यार्थी संघको हितका लागि सधै कर्तव्य निष्ठ भएर हिड्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । नेपाल विद्यार्थी संघ लमजुङको आयोजना तथा चितवन ने.वि.संघको संयोजनमा भएको कार्यक्रममा ने.वि.संघ लमजुङका अध्यक्ष शिव नराल कार्यक्रम सभापति, ने.वि.संघ चितवन अध्यक्ष सुर्य ढकाल प्रमुख अतिथी र अतिथिहरुमा लमजुङ ने.वि.संघ सदस्य युक्तविर तामाङ, ने.वि.संघ बिरेन्द्र बहुमुखी क्याम्पस ईकाई अध्यक्ष अनमोल अधिकारी, उपाध्यक्ष रविन खतिवडा, कुमार जोशी, ने.वि.संघ क्षेत्र नं १ लमजुङ अध्यक्ष नवराज वंशी, ने.वि.संघ लमजुङ-काठमाडौ सम्पर्क समिति सचिव सुदिप अधिकारी, ने.वि.संघ कुसुन जी अध्यन प्रतिष्ठान अध्यक्ष अविनास सिलवाल, उपाध्यक्ष राजकुमार गुरुङ, ने.वि.संघ त्रिवी सचिव सुनिल थापा, चितवन ने.वि.संघ विद्यार्थी नेता श्रिकृष्ण लामिछाने लगायत रहनुभएको थियो । कार्यक्रमको सहजिकरण ने.वि.संघ बिरेन्द्रका सचिव सञ्जीव घिमिरेले गर्नुभएको हो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top