fbpx

माछापुच्छ्रे गाउँपालिकामा युवा लक्षित डिजिटल साक्षरता तालिम सम्पन्न

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ ले संचालन गरेको ४ दिने युवा लक्षित नेतृत्व विकास संगै डिजिटल साक्षरता तालिम सम्पन्न भएको छ । गाउँपालिकामै पहिलो पटक यस किसिमको तालिम आयोजना गरेको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष राम बहादुर गुरुङले बताउनुभयाे । पछिल्लो समय युवापुस्ता मोवाइल तथा कम्प्युटरको प्रयोगमा अभ्यष्थ भएको बताउदै इन्टरनेटको सहि सदुपयोग गर्दै पर्यटकिय गाउँ तथा स्थानिय उत्पादनको डिजिटल माध्यमबाट प्रर्वद्घन गर्न वडा भित्रका सामुदायिक विघालयका शिक्षक , पर्यटन तथा कृषि क्षेत्रमा आवद्घ डिजिटल माध्यममा चासो र सकृय रहेका युवालाई नेतृत्व संगै डिजिटल साक्षरता तालिम प्रदान गरिएको बताउनुभयाे ।

वडा सदस्य चोक प्रसाद दाहालले तालिमको प्रभावकारीतालाई अध्ययन गरि आगामी दिनमा यस किसिमका तालिमहरुलाई निरन्तरता दिने बताउनु भयो । तालिमका सहजकर्ता मधु अधिकारीले अहिलेको आधुनिक युगमा प्रविधिको सहि सदुपयोग गर्न डिजिटल साक्षरता प्रमुख आवश्यक्ता भइसकेको बताउनुभयाे । पहिले निरक्षर नागरिकलाई साक्षर बनाउन राज्यले पढ्न नपाएकालाई प्रौढ शिक्षा दिए जस्तै अहिलेको अवस्थामा राज्यले हरेक नागरिकलाई डिजिटल साक्षर बनाउन लगानी गर्नुपर्ने बताउनुभयाे । अधिकारीले स्थानिय तहमा डिजिटल साक्षरता तालिमको सुरुवात गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयाे ।

प्रशिक्षार्थीको तर्फबाट आफ्नो अनुभव सुनाउँदै अंकिता दाहालले तालिम निकै प्रभावकारी भएको र सिकेका कुरालाई आफुले लागु गर्दै अरुलाई पनि सिकाउने प्रतिवद्धता जनाउनुभयाे । वडा सचिव विष्णु भट्टराईले धन्यवाद ज्ञापन गरेको उक्त समापन समारोहको संचालन प्रशिक्षार्थी प्रतिमा गुरुङ र प्रदिप गुरुङले गर्नुभएकाे थियाे । तालिममा वडा नम्बर ८ भित्रका ल्वाङ , घलेल, कोलेली , लुमे्र लागायतका गाउँबाट १६ जनाको सहभागिता थियो ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन