स्विट्जरल्याण्डलाई पाखा लगाउँदै स्वीडेन क्वाटरफाईनलमा पुग्न सफल

स्वीडेन विश्वक फुटवलको क्वाटरफाईनलमा पुग्न सफल भएको छ । आज भएको खेलमा स्विट्जरल्याण्डलाई पाखा लगाउँदै स्वीडेन क्वाटरफाईनलमा पुग्न सफल भएको हो ।

आज साँझ भएको खेलमा स्वीडेनले स्विट्जरल्याण्डलाई सुन्यका विरुद्ध एक गोलले पराजित गरेको हो । यो सँगै स्वीडने अन्तिम आठमा पुग्न पनि सफल भएको छ ।

अब स्वीडेनले क्वार्टरफाइनलमा इंग्ल्याण्ड वा कोलम्बियासँग खेल्नेछ । यिनीहरुबीचको खेल केहीबेरमा सुरु हुनेछ । पहिलो हाफ बराबरीमा रोकिएको खेलमा स्वीडेनले दोस्रो हाफमा निर्णायक गोल गरेको हो । स्वीडेनका लागि इमिल फोर्सबर्गले निर्णायक गोल गरेका थिए ।

फोर्सबर्गले डी बक्सबाट प्रहार गरेको बल सजिलै गोलकिपर यन सोमरको हातमा जादै थियो तर बीचमा डिफेन्डर मान्युयल आकान्जीले रोक्न खोज्दा उनको खुट्टामा लाग्दै बलले पोस्टको माथिल्लो भागबाट जाली चुमेको थियो ।

इमिल फोर्सबर्गले ६६ औं मिनेटमा स्वीडेनका लागि निर्णायक गोल गरेका हुन् । स्विडेनले सन् २००६ पछि पहिलोपटक विश्वकप खेलिरहेको छ ।

हारपछि सन् १९५४ पछि विश्वकपको क्वाटरफाइनल पुग्ने स्विजरल्यान्डको सपना यसपटक पनि अधुरै रह्यो । प्रतियोगितामा यसअघि फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल र बेल्जियम क्वाटरफाइनलमा पुगिसकेका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top