अष्ट्रेलियामा राप्ती इन्टरनेशनल म्युजिक अवार्ड’ कार्यक्रम नेपालका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने

अष्ट्रेलिया,  १९ असार l अष्ट्रेलियामा ‘राप्ती इन्टरनेशनल म्युजिक अवार्ड’ कार्यक्रम हुने भएको छ । राप्ती समाज अष्ट्रेलियाको प्रस्तुतिमा सो अवार्ड कार्यक्रम हुन लागेको हो ।

सिड्नीस्थित इन्द्रेणी फङसन सेन्टरमा आउँदो सेप्टेम्बर ८ मा हुने उक्त अवार्ड कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको बेजोडको प्रस्तुति रहने जानकारी दिइएको छ ।

‘यो हो राप्तीको सान, यो हो राप्तीलाई सम्मान’ भन्ने नाराका साथ हुन लागेको सो अवार्ड कार्यक्रमको प्रवेश टिकट शुल्क भने ३५ डलर तोकिएको छ । जसमा डिनरमा पनि समावेश गरिएको छ ।

उक्त अवार्ड कार्यक्रममा नेपालका चर्चित कलाकारहरु कोमल वली, डा. भिमार्जुन आचार्य, राधिका हमाल, सिन्धु मल्ल, पल शाह, प्रकाश रेग्मी, कृष्ण रेउलेलगायत कलाकारको बेजोडको प्रस्तुति रहनेछ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top