मिटरमा जान नमान्ने २२ ट्याक्सी पक्राउ

कास्की, १९  असार ।  कास्की जिल्ला पोखरालेखनाथ महानगरपालिका लगायतका बिभिन्न क्षेत्रहरुमा संचालित भाडाका ट्याक्सीहरुले पटक पटक भएका निर्णयहरुको बेवास्ता गर्दै मनोमानी रुपमा सर्बसाधारणहरुसंग बढी भाडामा लिई मिटरमा जान नमानि बार्गेनिङ गरेको जनगुनासो आईरहेको अबस्थामा यस कार्यालय तथा मातहत समेतबाट मिति २०७५/०३/१८ गते अनुगमनको क्रममा मिटरमा नचलिकन मनोमानी रुपमा मिटरमा नचलाई बार्गेनिङ गरी बढी भाडा लिएको भेटिएपछी २२ वटा भाडा ट्याक्सीलाई पक्राउ गरीएको छ ।
अनुगमनको क्रममा पुन स् मिटरमा नचलाएको भेटिएमा कानुन बमोजिम कार्बाही गरिनुका साथै मिटरमा जान नमान्ने र वार्गेनिङ गरी जवरजस्ती गरेमा प्रहरी कण्ट्रोल रुम १००,९८५६०३९५९९,कार्यालय प्रमुखको ९८५६००५५५५ र ट्राफिक प्रहरी कण्ट्रोल रुमको नं १०३ मा सम्पर्क गर्नु हुन सबैमा अनुरोध गरिन्छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top