जलमग्न वीरगञ्ज, घरघरमा पानी पस्यो “हेर्नुहोस फोटो फिचर”

वीरगञ्ज । अविरल वर्षाका कारण वीरगञ्ज जलमग्न भएको छ । वीरगञ्जको श्रीपुर, पानीट्याङ्की, जिल्ला प्रशासन कार्यालय परिसर, नगवा, रामगढवा गायतका क्षेत्रहरु डुबानमा परेका हुन् ।

वीरगञ्जको मुख्य बजारको रुपमा रहेको आदर्शनगर क्षेत्र, नारायणी अस्पताल आसपासका क्षेत्रमा पानी जमेको छ । वषर्ाको पानी नालाबाट निकास नहुँदा कतिपयको घर तथा पसलहरुमा पनि पानी पसेको छ ।

नगर क्षेत्रमा एकीकृत मझौला सहरी वातारण सुधार परियोजना अन्तर्गत नाला निर्माणको काम सम्पन्न भइसकेका ठाउँमा समेत पानीको निकास नभएको गुनासो नगरबासीले गरेका छन् । वर्षेनी नगर क्षेत्र डुबानमा पर्ने गरेको भए पनि समस्या समाधानका लागि महानगरपालिकाले ठोस योजना ल्याउन नसकेको नगरबासीको गुनासो छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भीष्मकुमार भुसालले भने समथर भू-भाग भएका कारण पानी जम्ने समस्या देखिएको बताए ।

‘समथर जमिन छ, पानी पर्दै गएपछि नदीको बहाव बढ्छ, स्वभाविक रुपमा केही समय पानी त जम्छ नै’ उनले भने, ‘तर बिहानैदेखि सरसफाइ कर्मचारीहरुले फोहोरले जाम भएको नाला खोल्न लगाइएको छ । आवश्यक उपकरणहरु समेत तयारी अवस्थामा राख्न भनिएको छ ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित