विष्णु र प्रदिपले अमेरिकामा अन्नपूर्ण रेष्टुरेण्ट एण्ड बार संचालन गरेर विश्वभर प्रचार प्रसार

क्यालिफोर्निया,। अन्नपूर्ण रेष्टुरेण्ट एण्ड बार संचालन गरेर विष्णु र प्रदिपले ब्यबसाय मात्रै गरेका छैनन् नेपाली कला संस्कृति र रहनसहनलाई अमेरिकामा मात्रै नभई उनीकहाँ पुग्ने पर्यटकका माध्यमबाट विश्वभर प्रचार प्रसार गरिरहेका छन् । दुई मिल्ने साथी विष्णु र प्रदिप यो ब्यबसायले अझ नजिकिएको र सानैदेखिएको सोच पुरा भएको बताउँछन् । ठूला ठूला कलेजको बिचमा अवस्थित यो रेष्टुरेण्टमा अमेरिकन लगायतका विश्वभरका बिद्यार्थीहरुको भिड लाग्ने गरेको प्रत्यक्षदर्शी नेपालीहरुको भनाई छ । नेपालमा सफल बैंकरका रुपमा परिचित रहेका बिष्णु घिमिरे र पर्यटन ब्यबसायमा उदियमान प्रदिप राज गोतामे मिलेर ब्यबसायमा चालेको यो कदमलाई धेरैले उदाहरणका रुपमा लिने गरेका छन् ।

विष्णु र प्रदिपको रेष्टुरेण्टमा म:म: चाउमिन, छोएला, तन्दुरी, स्पेशल खशीको मासु, लगायत भारतीय र नेपाली विभिन्न परिकारहरु भनेको समयमा सुपथ मूल्यमा खान पाइन्छ । जसका कारण अधिकांश अमेरिकन, नेपाली र भारतीयहरुले नेपालमा नै खाएको अनुभूती गर्ने गरेको कुरा आँफुहरुलाई पनि सुनाउने गरेको संचालकहरु बताएँछन् । यो पेशाबाट आँफुहरु सन्तुष्ट रहेको र छिट्टै नै अझ आर्कषक ढंकले सेवा दिने पनि उनीहरुले प्रतिबद्धता जनाएका छन् । हामीसँगको कुराकानीमा विष्णु र प्रदिपले भने ‘काम गर्ने इच्छा हुने हो भने जहाँ गएर पनि काम गर्न सकिन्छ । भाषा र भूगोलले इच्छाशक्तिलाई रोक्न सक्दैन । ‘





तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top