पराजय भएका पोर्चुगलका कप्तान रोनाल्डोले उरुग्वेलाई दिए बधाई

काठमाडौं, १७ असार l आफैंलाई हराएको उरुग्वेलाई रोनाल्डोले बधाई दिएका छन् । विश्वकपको प्री–क्वार्टरफाइनलबाटै बाहिरीएको क्रिष्टियानो रोनाल्डोले उरुवेलाई बधाई दिएका हुन् ।शनिबार राति भएको खेलमा उरुग्वेले २–१ गोल अन्तरले पराजय गरायो । र्पोचुगल पराजित भएपछि पोर्चुगलको कप्तान रोनाल्डोले उरुग्वेलाई बधाई दिएका हुन् ।

उनले भने ‘हामीले उरुग्वे भन्दा राम्रो खेल्यौँ तर, जसले गोल गर्छ, उसले जित्छ । हामी जित्न चाहन्थ्यौँ, प्रतिस्पर्धा पनि गर्‍यौँ । तर उरुग्वेलाई बधाई छ ।’ रोनाल्डोले भने ‘समग्रमा हामी आफ्नो शिर ठाडो पारेर पर्कँदैछौं ।

पोर्चुगलको प्रतिनिधित्व गर्न पाएकोमा गर्व छ ।’उनले उरुग्वेविरुद्ध राम्रो खेल्दा खेल्दै पनि आफ्नो टिम जित्न नसकेको बताएका छन् । त्यस्तै उनले यो समयमा आएर बिश्वकपबाट सन्यास नसलने बताएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित