नयाँ दिल्लीमा बालबच्चासहित ७ महिला र चार पुरुषको शव झुण्डिएको अवस्थामा फेला

भारत, १७ असार l भारतको नयाँ दिल्लीमा एउटै परिवारका ११ जनाको शव घरभित्र झुण्डिएको अवस्थामा फेला परेको छ । भारतीय अधिकारीहरुकाअनुसार आइतबार बिहान बुराडीको सन्तनगर इलाकामा बालबच्चासहित ७ महिला र चार पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको हो । उनीहरुको सबैको आँखा र मुखमा पट्टी बाँधिएको छ ।

एउटै परिवारमा भएको विभत्स घटनाले गाउँपुरै शोकमा डुबेको छ । प्रहरीले छिमेकीसँग सोधपुछ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । उनीहरुको शव केही घर भित्र र केही बाहिर झुण्डिएको अवस्थामा फेला परेको हो । छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुग्दा उक्त घरको ढोकासमेत खुला रहेको थियो ।

 

फर्निचर र किराना पसल सञ्चालन गर्दै आएको उनीहरुको परिवार मिलनसार रहेको स्थानीयले बताएका छन् । यता प्रहरीको प्रारम्भिक अनुसन्धानले आत्महत्या हुन सक्ने अनुमान गरेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top