रुसमा जारी विश्वकप खेलबाट कुल ३२ टोली मध्ये १६ टोली समूह चरणबाट घर फर्किए

रुसमा जारी विश्वकपको दोस्रो चरण अर्थात (अन्तिम १६) का खेल सुरु भएका छन् । समूह चरणका केही आश्चर्यजनक नतिजा निस्किएका छन् । कुल ३२ टोली मध्ये १६ टोली समूह चरणबाट घर फर्किएका छन् । जसमा साविक विजेता जर्मनी पनि समूह चरणबाटै घर फर्किएको छ । केही नयाँ टोलीले सनसनीपूर्ण प्रर्दशन गरेर संसारलाई अचम्बित बनाएका छन् ।

यसैबेला बेलायतको अखबर ‘द गार्जियन’को अनलाइन संस्करणले विश्वकपमा सहभागी टोलीले समूह चरणमा गरेको प्रर्दशनका आधारमा ‘पावर र्‍यांक’ सार्वजनिक गरेको छ । समूह चरण पार गरेर अन्तिम १६ को पावर र्‍यांकको पहिलो नम्बरमा ब्राजिल रहँदा १६ नम्बरमा जापान रहेको छ ।

पहिलो नम्बरमा ब्राजिल पर्दा त्यसपछि १० नम्बरसम्म परेका मुलुकहरु क्रमश क्रोएसिया, बेल्जियम, उरुग्वे, कोलम्बिया, मेक्सिको, स्पेन, फ्रान्स, स्वीडेन र इंग्ल्याण्ड छन् । यसैगरी ११ नम्बरदेखि १६ नम्बरमा परेका मुलुकहरु क्रमश स्विट्जरल्याण्ड, अर्जेन्टिना, पोर्चुगल, डेनमार्क, रसिया र जापान रहेका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top