भर्खरै सार्वजनिक भएको कोरियन भाषाको नतिजा

१५  असार l गएको जेठमा सन् २०१९को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । गएको जेठ २६ र २७ गते लिएको परीक्षाको ईपीएस कोरिया शाखाले प्रकाशित गरेको नतिजाअनुसार ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए ।

यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका ईपिएस शाखाले जनाएको छ । शाखाकाअनुसार कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका छन्।

 

 

हेर्नुहोस् भर्खरै सार्वजनिक भएको कोरियन भाषाको नतिजाको पूर्णविवरण, कृषिमा भन्दा उत्पादन क्षेत्रमा बढी उत्तीर्ण

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top