सम्पुर्ण किसानमा राष्ट्रीय धान दिवस “असार १५”को शुभकामना सहित । “झ्याऊरे कबिता”

Ropai.jpg

१५ असार
सम्पुर्ण किसानमा राष्ट्रीय धान दिवसको शुभकामना सहित।

झ्याऊरे कबिता

लागेछ असार,परेछ पानी,खुशी छ किसान।
व्यस्त छ काममा,न भन्छ सॉझ,न भन्छ बिहान।।

किसानको साथी,हलो र जुवा,हिलो र कोदाली।
क्या मस्त गोरू,क्या राम्रा हेर,मिलेका ति आली।।

आलो र पालो,अर्म र पर्म,खेतमा धान रोप्नु छ।
बितेसी फेरी,सारा नै जान्छ,यहि मौका छोप्नु छ।।

रोप्दछ खेत,नभनी गैह्री, न भनि यो टारी।
पाल्नु छ जहान,टाल्नु छ छानो,भरेर भकारी।।

जहान सबै,एक ढिक्का भई,लाग्दछ खेतमा।
एक क्षण पनि,भुल्दैन ऊ,कोही संग भेटमा।।

लगाई खेती,गोडमेल गरि,जब धान झुल्दछ।
हेरेर मख्ख, छोडेर मुस्कान, ऊ संसार भुल्दछ।।

रोपाइँ संगै रमाइलो हिलो खेलका विभिन्न ठाउँका तस्बिर र रमाइला पल हरू

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top