गुमनाम प्रेमिका

लेखक – मनोज बाबू श्रेष्ठ

भरतपुर माहानगरपालिका १४, राधापुर , चितवन ।

 

बस मलाई याद छ तिम्रो पिँठ्यु सम्म अाउने कपाल थियो,
लोले लोले तरिकाको सुुमुधुर तिम्रो स्वर,
नढाँटि भन्नू पर्दा जो कोहि पनि तिम्रो नयनमा हेरे पछि फिदा हुने तिम्रा सागर जस्ता निला,गहिरा नयन थिए।
बयान गरे जस्तो हुन्छ तर कसम तिम्रा ती गाला मुस्ताङको डाँडामा पाउने दुर्लभ स्याउ जस्ता रसिला पोसिला थिए।
तिम्रो त्यो हिमालको कन्चन हिऊँ जस्तो मुहारमा हेरे पछि जो कोहि मान्छे एकटक लगाएर हेर्न बाध्य हुन्थ्यो।
मेरो स्मरणले भ्याए सम्मको कुरा भन्दैछु कि तिमी जब शब्दहरु उच्चारण गर्थ्यौ लाग्छ कि सिरसिर हावाले स्टेबरिको दुईवटा दानाहरु एकअापसमा ठोक्किए जस्तो,
कसम तिमी लाई अाज पनि म प्रस्ट नै याद गर्न सकसक्छु। किनकि तिम्रो त्यो तेजस्वी रुपले अाज पनि कता कता मलाई प्रकाश दिए जस्तो लाग्छ।
मलाई याद छ कि त्यो दिन तिमी लामो खालको कुर्ता सरवालमा अाफ्नो सौन्दर्य पुरै ढाकेर अाए कि थियौ
तर पनि तिम्रो सौन्दर्यको राप र चापले ज्वालामुखि जसरि फुट्न खोजेका तिम्रा बक्षस्थलले तिम्रो सबै सौन्दर्य केन्द्रित गरेका थए।

 

लेखक :मनोज बाबू श्रेष्ठ

भरतपुर माहानगरपालिका १४, राधापुर, चितवन ।

 

 

मेरा अाँखा एक्कासि तेहिँ गएर चिम्लिए ।
किनकि मैले त्यो राप र चाप थेग्न सकिन अनि त्यो भन्दा तल हेर्न पनि सकिन र जरुरत पनि ठानिन।
बस तेत्तिकैमा उनि पनि मुसुक्क हाँसेर लजाइन
अनि म झन नतमस्तक।
यहाँ सम्मको यात्रा तय गर्नको लागि सहयोग गर्ने चाहिँ एउटा एफएमको कार्यक्रमले हो जहाँ अाफुलाइ कस्तो साथि मन पर्छ त्यो भन्नि हो अनि अाफ्नो ठेगाना, नम्बर दिने कार्यक्रम थियो।
बस मैले मन मनै कार्यक्रम सञ्चालकहरु लाई धन्यबाद दिएको थिँए।
हाम्रो थर एउटै अनि त्यसमाथि हामी दुबैलाई हाम्रो भाषा न अाउने।
यो कुराले हामी दुबै ठूलो हाँसो हाँसेका थिँयौ ।
त्यसैले एकान्तमा कहिले काहीँ त्यहि हाँसोले झस्काउँछ।
धेरै कुरा गर्यौ तर थोरै बुझेको दिन थियो मेरो त्यो दिन किनकि म तिनलाई हेरेर थाकेको नै थिइन।
एक्कासि उनी जानू पर्छ अब ढिला भयो फेरि अफिस बन्द हुन्छ भनिन।
के काम हो मैले सोधिन तर तिनको हातमा एउटा कालो लामो झोला बिलकुल मास्टरहरुले बोक्ने झोला थियो।
म उनलाइ बिदाई गरे अनि म अलि पर अाएर घर तिरको बस चढे। घर नपुग्दा सम्म मनमनै कुराहरु खेलाँउदै,सपनाहरु बुन्दै,खुसि हुँदै घर पुगेको दिन थियो मेरो।
सायद जिवनमा अरु धेरै खुसि अाए र अाउलान पनि तर त्यो खुसि भन्या त्यै खुसि थियो।
यसरी नै दिनहरु बित्दै गए ,सम्बन्धहरु गहिरिदै गए। हामी यति सम्म भयौ कि एक अार्का बिना बाँच्न नसक्ने निर्णयमा पुग्यौँ। अार्थिक सहयोग होस या मानसिक हरेक सहयोग एक अार्कामा भरोसाको योग्य भयौँ।
तर भेट चाहिँ त्यै पहिलो भेट थियो, मलाई के थाहा त्यै पहिल‍ो भेट नै उनी सँगको अन्तिम भेट हुन सक्छ भनेर।
फेरि भेट्ने सपनाहरु ,योजनाहरु नबनेका होइनन् तर हाम्रो भेट भएन।
कुराकानि पनि धेरै नै भाको थियो,कसमहरु पनि खाका थियौँ तर दोस्रो भेट हुन पाएन, भएन।
एक्कासि तिनको मोबाइल अफ भएको थियो, मैले साधरण रुपमा लिँए तर त्यो कुरा साधरण रहेन।
मैले दिनहुँ नम्बर लगाए तर मोबाइल अफ नै पाएँ।
मलाइ घर यता पर्छ भन्नि त थाहा थियो तर यहिँ हो भन्ने चाहिँ थाहा थिएन ,
गएको पनि हो खोज्दै तर कसैलाइ सोध्न सकिन।
किनकि जो सँग नाता थियो त्यै मान्छे सुर्यको उपस्थितिमा अँध्यारो विलिन भए जस्तो भयो।
त्यो सबै अँध्यारो मेरो जिवनमा पर्यो जब १७ दिन पछि फोन गर्दा उठ्यो र मैले हेलो भन्न नपाँउदै उता बाट बन्दुकको गोलि जस्तो छोटो बोली तर निकै घातक प्रहार भयो।
हुबहु त्यहि घातक प्रहार ” …..को DV परेको केटा सँग बिहे भयो अब तिमिले कल नगर रे।”
चट्ट फोन कटियो।
मैले न जवाफ फर्काउन पाएको थिँए न केहि भन्न।
अार्को कुरा त्यो मेरो मुबाइलको सिम १०० रुपैँयाको भएर होला फालिछिन होला अाज सम्म अफ नै छ।
१०० रुपैँयाको सिमले १०० दिन रुवायो, १०० बर्ष खुलदुलि गराउने बनायो।
अाज पनि म तिनी लाई खोजि राको छु, माया लाउन हैन न त जीवन नै बिताउन बस केही कुरा हरु को खुलदुलि मेटाउनु छ। म सँग भेट्दा पो यो फेसबुक चलाएको थिइनन तर अब ऊनि पनि अमेरिका गइन होला फेसबुक चलाउन थालिन होला । त्यैसैले ठेगाना अमेरिका भएको नेपालि भुमिको अनि मेरो नै जातको तिनको नाम भएको लाई चाहिँ जो कोहि पनि सँका को घेराईमा छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top