पोखरा लेखनाथ महानगरको बजेट ६ अर्ब ५३ करोड, १२ वटा गौरवका योजना

पोखरा, १० असार । पोखरा लेखनाथ महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएको छ ।

नगर प्रमुख मानबहादुर जिसीले प्रस्तुत गरेको बजेटमा ४ अर्ब ३३ करोड ७५ लाख २० हजार रुपैयाँ बाहृय आय र १ अर्ब ६९ करोढ ९० लाख ३० हजार आन्तरिक आय अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७५÷७६ का लागि ६ अर्ब ५३ करोड ६५ लाखको बजेट विनियोजन गरेको छ । महानगरपालिकाले आइतबार आयोजित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकरण कार्यक्रममा पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसीले पूर्वाधार विकास, वातावरण, सामाजिक विकासलाई जोड् दिएका छन् । चालु आर्थिक वर्षमा महानगरले ४ अर्व ३ करोड रुपैयाँको बजेट ल्याएको हो थियो । चालु आर्थिक वर्षको भन्दा २ अर्व ५० करोड रुपैयाँले बढि हो ।

महानगरले बजेट मार्फत १२ वटा योजनलाई महानगरका गौरवका योजनाका रुपमा आगडी बढाएको छ । फेवा तथा बेगनास र अन्य सबै तालको संरक्षण योजना, ढल निकास गुरूयोजना तथा फेवाताल ढल डाइभर्सन, फेवा—बेगनास मोनो रेल सम्भाव्यता अध्ययन, विद्युतीय तारलाई जमिन मुनी व्यवस्थापन तथा रेलिङ निर्माण, १६ किमी सडक कोर सिटीमा स्तरोन्नति, पर्यटकीय बसपार्क निर्माण, फिर्के करिडोर निमार्ण लगाएतका छन् ।

बजेटमा पूर्वाधार विकासतर्फ २ अर्ब २३ करोड, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३५ करोड ५१ लाख, सामाजिक विकासतर्फ ८५ करोड ४५ लाख, आर्थिक विकासतर्फ ४१ करोड ३७ लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ ३० करोड ६१ लाख विनियोजन गरेको छ । त्यस्तै पुँजी निर्माणतर्फ ५ करोड १० लाख, सामाजिक सुरक्षा भत्तातर्फ ५३ करोड ८० लाख, प्रशासनिक खर्चतर्फ १ अर्ब ३२ करोड रूपैयाँ विनियोजन जिसीले सुनाए । विभिन्न कोषहरूका लागि जम्मा २१ करोड रूपैयाँ, राजस्व फिर्ता तथा प्रदेश राजस्व बाँडफाँड फिर्तातर्फ ४६ करोड रूपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

आय तर्फ ४ अर्ब ३३ करोड ७५ लाख अनुमानित वाह्य आय रहेको छ भने आन्तरिक आयर्फ १ अर्ब ६९ करोड ९० लाख, नगद मौज्दात ५० करोड समेत रहेको छ । जसमध्ये नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानतर्फ ६१ करोड ४४ लाख, नेपाल सरकारबाट प्राप्त सशर्त अनुदानतर्फ १ अर्ब २० करोड ४२ लाख रुपैयाँ, नेपाल सरकारबाट प्राप्त समपुरक अनुदानतर्फ ६ करोड रुपैयाँ, नेपाल सरकारबाट प्राप्त विशेष अनुदानतर्फ १५ करोड, नेपाल सरकारबाट प्राप्त राजस्व बाँडफाँड बापत ३४ करोड ६५ लाख रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानतर्फ २ करोड ७४ लाख र प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँडतर्फको आय ३ करोड २९ लाख रुपैयाँ रहेको छ ।

महानगरले एकिकृत सम्पत्ति कर, नक्सापास दस्तुर, ब्यवसाय कर र घरबहाल करलाई मुख्य आम्दानीको श्रोतको रुपमा प्रयोग गर्दै आएको छ । महागनले यस वर्ष कर नबढाउने तर दायर बनाउने नीति लिएको छ । महानगरमा जनप्रतिनिधि आएपछि कर संकलनमा बृद्धि भएको छ भने अघिल्लो वर्ष लगाइएको पर्यटन कर महानगरले संकलन गर्न सकेको छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित