हेमजामा ३ दिने सिपमुलक अचार बनाउने तालिम सुरु

हेमजा, १० असार l पोखरा लेखनाथ महानगरपालिका वडा न. २५ हेमजामा महिलाहरुको लागि ३ दिने सिपमुलक अचार बनाउने तालिम आइतबार सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखा तथा हेमजा उपशाखाको आयोजना सुरु गरिएको कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोग रहेको छ ।

उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कोषाध्यक्ष कृष्ण प्रसाद पौडेलले सिकिसके पछि सिकेको कुरा ब्यबाहारमा उतार्नुपर्नेमा जोड दिए । तालिममा लगनसिलता हुनुपर्ने र पछि पनि यस्तै सिपमुलक तालिम ल्याउनुपर्ने बताए । उक्त अचार बनाउने तालिमको प्रशिक्षकमा बिष्णु प्रसाद पराजुली रहेका छन ।

रेडक्रस उपशाखा हेमजाकी सदस्य साथै लैङगिक तथा समावेशीकरण संयोजक रमा त्रिपाठीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा श्वागत उपशाखाकी कोषाध्यक्ष आरती अधिकारी र सञ्चालने उपशाखाका सचिव तिलक तिमिल्सिनाले गरे ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top