शुभ प्रभात काव्यमालको १ सय ८२ औँ ऋङखला सम्पन्न

हेमजा, १० असार l हेमजा साहित्य प्रतिष्ठान द्धारा हरेक महिनाको दोस्रो शनिवार नियमित रुपमा वाचन हुदै आइरहेको शुभ प्रभात काव्यमालाको १ सय ८२ औँ ऋङ्खला शनिवार सम्पन्न भएको छ । कार्यक्तममा बोल्दै प्रमुख अतिथि महाकाव्यकार छन्दमणी त्रिपाठीले प्रतिष्ठानले नयाँ प्रतिभालाइ मञ्च दएकोमा खुसि ब्यक्त गरे ।

श्रृङ्खलामा महाकाव्यकार छन्दमणी त्रिपाठी, आदिति बाँस्तोला, आर्य त्रिपाठी, गोबिन्द पराजुली, बलराम पौडेल, बसन्त सुबेदी, सोमनाथ गौतम, कृष्ण प्रसाद पौडेल, अनिल थापा लगायतले रचना वाचनगरेका थिए । हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन सदस्य बसन्त सुबेदीले गरेका थिए ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top