४ नं प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, ६ असार l

तनहुँ सवारी दुर्घटना
मिति २०७५/०३/०६ गते अंन्दाजी १४ : २० बजेको समयमा जिल्ला तनहुँ आबुखैरेनि गाउपलिका १ स्थीत पृथ्वी राजमार्गमा काठमाण्डौबाट बेनी तर्फ जादै गरेको बा ४ ख ११७४ न को माईक्रो रोकिराखेको अवस्थामा सोही माईक्रो सवार गरी आएकी जिल्ला म्यादी बेनी नगरपालिका ७ बस्ने वर्ष ३९की मायाँ दर्जि सडकको छेउमा सितलमा बसिरहेको अवस्थामा सोही दिसाबाट आउदै गरेको लु ३२ प ४७३५ न को मोटरसाईकलले ठक्कर दिदाँ घाईते भई उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा पठाईएको  छ । मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

पर्वत स् सवारी दुर्घटना
मिति २०७५/०३/०६ गते अनदाजी ११:४८ बजेको समयमा जिल्ला पर्वत कुश्मा नगरपालिका ३ रोटेको ग्रामिण सडक खण्डमा दुर्लुङबाट कुश्मा बजार आउने क्रममा ग१ज ६०६५ नम्बरको जिप ब्रेक फेल भइ सडकदेखी २०/२५ मिटर तल खसि दुर्घटना हुँदा जिपमा सवार ७ जना घाइते भइ जिल्ला अस्पताल कुश्मामा लगिएको छ । उक्त स्थानमा प्रहरी टोली खटिएको छ ।

घाईते हुनेमा
जिल्ला पर्बत कुश्मा नगरपालिका ३ बस्ने वर्ष २५को समिर पोख्रेल, वर्ष २१ कि एलिसा, वर्ष ७४ को पुर्ण बहादुर दर्जी, वर्ष ४२ को सोभाकान्त शर्मा, वर्ष २५ कि कल्पना परियार, वर्ष २२कि अन्जु परियार, जिल्ला कास्कि अन्नपुर्ण गाउपालिका ६ बस्ने वर्ष २५ कि एलिजा बि।क। रहेका छन् ।

मनाङ  ऱ्याली सम्पन्न
मिति २०७५ र ०३ र ०६ गते अंन्दाजी ०८:४० बजेको समयमा जिल्ला मनाङ चामे गाउपालिका ४ स्थित सिटिजन बैंक अगाडि देखि नमस्ते गेटसम्म लागुऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी जयराम भण्डारी रहनुभएको साथै जिल्ला प्रहरी कार्यलय मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक खड्क बहादुर खत्री लगयात अन्य ७० र ७५ जनाको संख्यामा सहभागिता रहेको थियो ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top