बलिउड ५ सुपरस्टार विरुद्ध अमेरिकामा पैसा नतिरेको मुद्दा दर्ता

। बहुप्रतिक्षित फिल्म रेस–३ प्रदर्शनकै बेला बलिउड सुपरस्टार सलमान खान फेरि समस्यामा परेका छन् । भारतिय मिडियाका अनुसार सलमान सहित ५ बलिउड सुपरस्टारविरुद्ध अमेरिकामा पैसा नतिरेको मुद्दा दर्ता गरिएको छ । जसमा सलमानकी पूर्व प्रेमिका कट्रिना सहित सोनाक्षी सिन्हा, रणवीर सिंह र प्रभु देवा रहेका छन् ।

उनीहरले ५ वर्ष बितिसक्दासम्म पैसा नतिरेको आरोपमा मुद्दा दर्ता भएको हो । अमेरिकाको भाइब्रेन्ट ग्रुपले २०१३ मा यी सुपरस्टारहरुसँग एक कन्सर्टको आयोजना गरेको थियो । तर त्यो कन्सर्ट रद्द भयो । यो कन्सर्टको लागि ५ जना सुपरस्टारलाई अग्रिम भुक्तानी दिइएको थियो ।

तर कन्सर्ट रद्द भएपछि त्यतिबेला दिइएको एड्भान्स रकम उनीहरुले अहिलेसम्म फिर्ता नगरेको आरोप लगाइएको छ । १० जूनका दिन भाइब्रेन्ट ग्रुपले पाँचैजना विरुद्ध मुद्दा दर्ता गरेको छ । यसका अलावा कम्पनीले मेट्रिक्स इण्डिया इन्टरटेनमेन्ट कन्सल्टेन्ट प्रा।लि। र यशराज फिल्मसविरुद्ध पनि मुद्दा दर्ता गराएको छ ।

ग्रुपले सलमान र अन्य कलाकारलाई एडभान्समा दिइएको पैसा फिर्ता गर्न पटक पटक फोन गर्दा कसैले जवाफ नदिएको बताएको छ । कन्सर्ट रद्द हुँदा कम्पनीलाई १ मिलियन डलर ९१० करोड नेपाली रुपैयाँ भन्दा बढी० नोक्सानी भएको कम्पनीले दावी गरेको छ ।
यसो त त्यतिबेला लमानविरुद्ध राजस्थानमा शिकारको मुद्दा चलिरहेको थियो । अदालतले उनलाई विदेश जान रोक लगाइदिएका कारण शो रद्द गर्नुपरेको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top