४ नं प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

police-Nepal-Police-Logo-नेपाल-प्रहरी.jpg

पोखरा, ३१ जेठ l 

बागलुङ  सवारी दुर्घटना २ जनाको मृत्यु
मिति २०७५/०२/३१ गते अन्दाजी १२:३० बजेको समयमा जिल्ला बागलुङ, ताराखोला गाऊपालिका २ अर्गलमा घुस्मेली बजारबाट भातखानेडाँडातर्फ जाँदै गरेको ग १ ज ६०३४ नम्वरको पिकअप आफै अनियन्त्रीत भई सडकदेखी अन्दाजी ३र४ सय मिटर तल खस्दा पिकअपमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको ताराखोला गाउपालिका ३ बस्ने वर्ष २४को हेमन्त घिमिरे र वर्ष ५४को हरिराम गिरी रहेका छन् । जिपमा सवार अन्य दुईजना घाईते भएका छन् । घाईते हुनेमा जिप चालक बागलुङको ताराखोला गाउपालिका ३का २७ वर्षिय डम्मर बहादुर घिमिरे र ४२ वर्षिय कर्ण भण्डारी रहेका छन् । घाईतेहरुलाई उपचारको लागि प्राथामिक स्वास्थकेन्द्र हरिचौर लगिएको छ ।

तनहुँ  रुखबाट लडि मृत्यु
मिति २०७५/०२/३१ गते ०९:०० बजेको समयमा भिमाद नगरपालिका २ बग्गिछापमा सोही स्थान बस्ने वर्ष ४० र ४५ को ढाल बहादुर बि.क.आफ्नै बारीमा रहेको पाखुरीको रुखमा घाँस झार्ने क्रममा रुखको हागा भाच्चिई अं ३० मिटर तल भुईमा खस्दा मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिगई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

कास्की  सवारी दुर्घटना
मिति २०७५/०२/३१ गते अंन्दाजी ०६:३० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ चाउथे स्थित ग ९ प ७८३८ नं को स्कुटरलाई ग १२ प ४३१५ नं को मोटरसाईकलले ठक्कर दिदा मोटरसाईकल र स्कुटरमा सवार तिन जना घाईते भएका छन् । घाईते हुनेमा स्कुटर चालक पोखरा लेखनाथ महानगरपालिका १७ छोरेपाटन बस्ने बर्ष ३२ को पुर्ण बहादुर गुरुङ, पछाडी सवार वर्ष ३० को सागर गुरुङ, र मोटरसाईकल चालक कास्कीको पोखरा लेखनाथ महानगरपपालिका २८ कालिका बस्ने वर्ष २७ को दिनेश लामिछाने घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पतालमा पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई दुवै सवारी साधनलाई नियन्त्रणमा लिईएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top