रक्तदाता दिवशको अवसरमा कलाकारको रक्तदान, ५७ युनिट रगत संकलन

पोखरा, ३१ जेठ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गण्डकीको रक्तदानमा ५७ युनिट रगत संकलन भएको छ ।

विश्व रक्तदाता दिवशमा आयोजित ८ औँ रक्तदान कार्यक्रममा प्रतिष्ठान केन्द्रका अध्यक्ष बद्रि पङ्गेनीले पहिलो रक्तदाता अध्यक्ष शंकर बिरही गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम सुरु भएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि बद्री पङ्गेनीले कलाकारहरु मनोरञ्जन गर्ने मात्र नभएर सामाजिक काममा पनि सक्रिय रहेको उल्लेख गर्नुभयो । उहाँले गण्डकी शाखाले गरिरहेको सामाजिक कामको खुलेर प्रशंसा गर्नुभयो । त्यस्तै कार्यक्रममा सांसद इन्द्रधारा विष्ट, रेडक्रस कास्कीका उपसभापति दण्डराज शर्मा, रेडक्रस कास्कीका मन्त्री धर्मराज अधिकारी, युनाइटेड क्लबका अध्यक्ष सुक बहादुर गुरुङ लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा ६२ पटक रक्तदान गर्ने जितेन्द्रमान शाक्य र सांसदहरु पियारी थापा र दिलमाया रोक्कालाई सम्मान पनि गरिएको छ । प्रतिष्ठान गण्डकीका महासचिव एवं कार्यक्रम संयोजक सुरेन्द्र गुरुङले स्वागत गर्नुभएको कार्यक्रमको संचालन प्रतिष्ठान गण्डकीका सचिव राजन कार्कीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिष्ठान गण्डकीका अध्यक्ष शंकर बिरही गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कलाकारहरुले संगितिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top