विश्वकप फुटबलको उद्घाटनमा बिरालोमार्फत गराइएको भवष्यवाणीमा रूसले जित्ने संकेत

३१, जेठ l आजबाट सुरू हुन लागेको विश्वकप फुटबलको उद्घाटन खेलमा बिरालोले रूसले जित्ने भविष्यवाणी भएको छ । ‘एकिलिज’ नामको बहिरो सेतो बिरालोले उद्घाटन खेलमा आयोजक रुसले जित्ने भविष्यवाणी गरेको हो। बुधबार बिरालोमार्फत गराइएको भवष्यवाणीमा रूसले जित्ने बताइएको हो ।

दुर्इ देशका झण्डासहित खानेकुरा राख्दा एकिलिजले रसियाको झन्डा भएको खाना खाएको थियो । कान नसुन्ने उक्त बिरालोलार्इ विश्वकपको भविष्यवाणी गर्ने आधिकारिक जनावरको मान्यता दिइएको छ। आज राति पौने ८स्४५ बजे रुस र साउदी अरेबियाले यस विश्वकपको पहिलो खेल खेल्दैछन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित