मुम्बईस्थित  बुधबार राति दीपिका बस्ने अपार्टमेन्टमा आगलागी

काठमाडौं, ३१ जेठ । भारतको मुम्बईस्थित एक अपार्टमेन्टमा बुधबार राति आगलागी भएको छ । जसमा बलिउड अभिनेत्री दीपका पादुकोण पनि बस्ने गर्छिन् । तर, उक्त आगलागी भएको समयमा भने दीपिका घरमा थिइनन् । दीपिका विज्ञापनको सुटिङका क्रममा बाहिर रहेका बेला घरमा आगलागी भएको हो । उक्त आगलागी दीपिकाको छिमेकी र सो घरमा रहनेहरुको खुला आकाशमा रात कटाउन बाध्य भएका छन् ।

उक्त आगलागीले केहीलाई बेघर बनाइदिएको छ । सो विल्डिङको माथिल्लो तीन तलमा आगो लागेर र त्यहाँ रहेका सरसमानहरु जलेर खरानी भएका छन् । आगो लाग्नुको कारण अहिलेसम्म खुलेको छैन । सोही विल्डिङको ३० औँ तलामा दीपिका बस्ने गरेकी छन् भने ३२ औँ तलामा आगो लागेको हो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित