श्रीलंका नदीमा खसेर नेपाली ‘माउन्टेन बाइकर’ को गयो ज्यान

श्रीलंकाको नदीमा खसेर एक नेपाली ‘माउन्टेन बाइकर’ को ज्यान गएको छ । यद्यपि मृतक नेपाली माउन्टेन बाइकरको परिचय भने खुलाइएको छैन । एएफपीले श्रीलंकाको प्रहरीलाई उद्धृत गर्दै राजधानी कोलम्बोबाट २३० किलोमिटरको दूरीमा रहेको कुडा ओया नदीमा खसेर नेपालीको मृत्यु भएको जनाएको छ ।

नजिकैको जलाशयमा राखिएको शवबारे मृतकको परिवारलाई जानकारी दिएपछि मात्रै सार्वजनिक गरिने श्रीलंकाको प्रहरीले जनाएको छ ।प्रतियोगीको बीचमै मृत्यु भएपछि प्रतियोगिता स्थगन गरिएको छ ।

आयोजकले एक विज्ञप्ति जारी गर्दै स्थगनको घोषणा गरेका हो ।श्रीलंकन एयरलाइन्सले ‘रुम्बल इन जंगल’ नारा दिएर ९ जूनदेखि १५ जूनसम्म अन्तर्राष्ट्रिय रेस प्रतियोगिता आयोजना गरेको थियो । ३९ प्रतियोगी रहेको प्रतियोगितामा नेपालसँगै बेलायत, जर्मन, इटाली र स्विजरल्यान्डका बाइकराइडर सहभागी थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top