मन्टेस्वरी एशोसियसनको तेस्रो वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

रक्तदानबाट ३० यूनिट रगत संकलन

पोखरा, ३१ जेठ l पो.ले.म.नपा. वडा नं. ९ नयाँबजारस्थित मन्टेस्वरी एशोसियसन कास्कीले आफ्नो तेस्रो वार्षिकोत्वसवको अवसरमा बुधबार पोखरामा रक्तदान कार्यक्रम गरि मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा लेखनाथ महानगरपालिकाका शिक्षा विभाग प्रमुख केदारराज आचार्यले मन्टेस्वरी एशोसियसनले स्थापनाकालदेखि नै बालबालिकाको पूर्व प्राथमिक शिक्षामा महत्वपूर्ण भूमिका खेलेको बताउँदै एशोसियसनले सामाजिक उत्तरदायित्वलाई बहन गर्दै रक्तदान कार्यक्रम गरेकोमा हार्दिक आभार व्यक्त गर्नुभयो भनेशिक्षा विभाग प्रमुख आचार्यले आगामी दिनमा समेत मन्टेस्वरी एशोसियसन तथा शिक्षा विभाग बीच सहकार्य गरिने बताउँनुभयो ।


मन्टेस्वरी एशोसियसन कास्कीका उपाध्यक्ष तथा रक्तदान कार्यक्रमका सभाध्यक्ष मिलन केसीले रक्तदान भनेको मानव जीवनमा गरिने एक महादान भएको बताउँ दै मानव जीवन बचाउँनका लागि रक्तदान सबैभन्दा महत्वपूर्ण हुने बताउँनु भयो । सभाध्यक्ष केसीले रक्तदान गरेर सबैले पुण्य कमाउँन समेत आग्रह गर्नुभयो ।


नेपाल रेडक्रस कास्की क्षेत्रीय रक्त संचार सेवाको प्राविधिक सहयोगमा गरिएको उक्त रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको छन् ।
रक्तदानबाट ३० युनिट रगत संकलन भएको नेपाल रेडक्रस सोसाईटी कास्की क्षेत्रीय रक्त संचार सेवाका प्रमुख ध्रुब लामिछाने जानकारी दिनुभयो । कार्यक्रममा स्वागत मन्तव्य मन्टेस्वरी एशोसियसन कास्कीका कार्यसमिति सदस्य सावित्री थापाले राख्नु भएको थियो  l भने भयो कार्यक्रमको संयोजक अप्सरा अधिकारी गर्नुभएको थियो । कार्यक्रमको संचालन एशोसियसनका सचिव सोबिता कोईरालाले गर्नुभएको थियो । कार्यक्रममा मन्टेस्वरी एशोसियसनका सल्लाहकार, कार्यसमितिका सदस्य तथा शिक्षिकाहरुले समेत रक्तदान गर्नुभएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top