४ नं प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, ३० जेठ l

तनहुँ  ७ सय ३० थान लागूऔषध सहित २ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी टोलिले राजमार्ग चेकजाचँका क्रममा ठुलो मात्रामा लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । तनहुँको ब्यास नगरपालिका २ भोर्लेटार स्थित पृथ्वी राजमार्गमा चेकजाँचका क्रममा प्रहरीले विरगञ्जबाट बाग्लुङतर्फ आउँदै गरेको ना ३ ख ८३७५ नं को बसमा सवार चितवनको कबिलास ९ बस्ने वर्ष ३७ को रबिन गुरुङको साथबाट फेनरागन १२१ थान, नुफिन ११० थान, डाइजेपाम १०९ थान गरी जम्मा ३४० थान लागूऔषध फेला पारेको हो ।

त्यस्तै सोही चेकिंङकै क्रममा सुनौलीबाट पोखरातर्फ आउँदै गरेको ग१ ख ७५३२ नं।को बसमा सवार कपिलवस्तुको बाणगंगा नगरपालिका ६ बस्ने वर्ष २४ को लाल बहादुर चौधरीको साथबाट फेनरागन १३० थान, नुफिन १३० थान, डाइजेपाम १३० थान गरी जम्मा ३९० थान लागूऔषध सहित फेला पारेको हो । पक्राउ परेका दुवैजना उपर तनहुँ प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

रामबजार,कास्की  धारिलो हतियार प्रहार गरी हत्या
मिति २०७५/०२/३०गते कास्की पोखरा लेखनाथ महानगरपालिका १५ कालिकामार्ग बस्ने वर्ष ३०।३५ की सुमित्रा ठकुरीलाई धारिलो हतियार प्रहार गरी घाइते अवस्थामा स्थानियले देखि उपचारको लागी पश्चिम क्षेत्रिय अस्पताल ल्याएको अवस्था सिरीयस भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक दिपक के।सी।को कमाण्डमा ७ जनाको प्रहरी टोली खटि गई हेर्दा निजको बच्चा वर्ष अंन्दाजी १०/११वर्षको ज्ञापन घले घाँटी रेटिएर मृत अवस्थामा रहेको र निजको श्रीमान वर्ष ३८/४० को रामजी घलेको समेत घाँटीमा रेटिएको अवस्थामा फेला पारी पश्चिम क्षेत्रिय अस्पताल लगिएको पाईएको छ । सुमित्रा ठकुरीको पेटमा रहेको वच्चाको समेत मृत्यु भएको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तनहुँ  सवारी दुर्घटना
मिति २०७५/०२/३० गते अंन्दाजी ०४:०० बजेको समयमा तनहुँको ब्यास नगरपालिका १२ घाँसिकुवा स्थित पृथ्बी राजमार्गमा डुम्रेबाट दमौलितर्फ आउँदै गरेको ना ३ ख २७८६ न को ट्रक अनियन्त्रित भई सडकबाट अंन्दाजी १५ फिट तल खस्दा ट्रक चालक चितवन माडी ९का भुपेन्द्र बहादुर चौधरी घाईते भई रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको छ । घाईते भएका सह चालक पुर्ण बहादुर प्रजाको सोही अस्पतालमा उपचार भईरहेको छ ।

कास्की  मृत अवस्थामा फेला
मिति २०७५/०२/३० गते अ.०८:०० बजेको समयमा कास्कीको पोखरा लेखनाथ महानगरपालिका १७ ड्यामसाईड न्यू नेचर होटलको कोठा नं।१०४ मा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका(४ चिप्लेढूङ्गा घर ठेगाना ईन्ट्री गरी मिति २०७५/०२/२५ गते देखि उक्त रुममा बस्दै आएको वर्ष २५ को कृष्ण सिम्खडा आज बिहान अ.०८स्०० बजे सम्म नउठेकोले साहुले शंका लागी प्रहरीलाई जानकारी गराउन साथ उक्त स्थानमा प्रहरी टोली खटि गई हेर्दा घाटिमा बिलेटले चिरी मृत अवस्थामा फेला परेका छन् । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित