आफ्ना धर्मपिताको निधनमा दिपाश्री निकै भावविह्ल अन्तिम सस्कारमा सम्पुर्ण कलाकारको उपस्थिती (भिडियो)

हास्य टेलिश्रृङ्खला तितो सत्यमा दिपाश्रीका ‘धर्म बा’ बनेर चर्चामा आएका कलाकार भिमबहादुर थापाको निधन भएको छ। उनको आज बिहान २ बजे तिर निधन भएको पारिवारीका स्रोतले जनाएको छ। आफ्ना धर्मपिताको निधनमा दिपाश्री निकै भावविह्ल बनेकी छिन्।

लामो समयदेखि विभिन्न रोगबाट ग्रसित बनेका थापाको ९२ वर्षको उमेरमा घरमै निधन भएको हो। उनको नियमित उपचार पनि भइरहेको थियो। दीपाश्रीसँग देवी सिरियलमा सँगै काम गरेका थापा तितो सत्यबाट चर्चित बनेका थिए।

थापा मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पीडित थिए । उनले थुप्रै नेपाली चलचित्रमा समेत काम गरेका छन्। तर, पछिल्ला केही वर्षदेखि रोगले ग्रसित भएपछि थापाले चलचित्र अभिनय कम गरेका थिए। आजै उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरियो।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top