टिपरले स्कुटर लाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार अस्मिता भण्डारीको मृत्यु, सवारी साधन एक घण्टा प्रभावित

भक्तपुर, ३० जेठ l  बा ४ ख ३५५८ नं को टिप्परले एक स्कुटरलाई पछाडिबाट आज अपराह्न ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । स्थानीय जडीबुटीमा बालुवा बोकेर कोटेश्वरतर्फ जाँदै गरेको टिपरले कोटेश्वरतर्फ नै गइरहेको बा ७० प ९३९९ स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार काभ्रेपलान्चोक घर भएकी २४ वर्षीया अस्मिता भण्डारीको मृत्यु भएको कोटेश्वर प्रहरी प्रभागले जनाएको छ ।

घाइते भण्डारीलाई उपचारका लागि ललितपुरस्थित बिएण्डबी अस्पतालमा लगिएकामा अस्पतालले मृत्यु भएको जानकारी दिएको हो । स्कुटर चालक आशिष उप्रेती भने सामान्य घाइते छन् । दुर्घटनापछि आक्रोशित भीडले ठक्कर दिने टिप्परमा आगो लगाइदिएको छ । आगलागीबाट टिप्परमा क्षति पुगेको छ भने टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि सडक बन्द हुँदा कोटेश्वरबाट पेप्सीकोला तथा कोटेश्वरबाट भक्तपुरतर्फ जाने सवारी साधन एक घण्टा प्रभावित भएको थियो । ठक्कर दिने चालकलाई कारवाहीको माग गर्दै सडकमा स्थानीयवासीले निकैबेर नाराबाजी गरेका थिए । काठमाडौँबाट आएका दुई दमकलले आगो नियन्त्रणमा लिएका छन्

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top