फिल्म ‘संजु’ रिलिज अगावै विवादमा

३० जेठ l

नायक संजय दत्तको बायोपिक र यस वर्षको बहुप्रतिक्षित फिल्म ‘संजु’ रिलिज अगावै विवादमा तानिएको छ । भारतिय संचार माध्यमका अनुसार उजुरीकर्ता पृथ्वी मास्के भन्ने व्यक्तिले आपत्ति जनाउँदै अदालतको ढोका ढक्ढकाउने चेतावनी दिएका छन् । मास्केले फिल्ममा जेलको ब्यारेकमा ट्वाइलेट लिकेज भएको दृश्यमा आपत्ति जनाएका छन् ।

११ जूनमा सिबिएफसीका चेयरम्यान प्रसुन जोशी, फिल्म निर्माता र रणबीर कपुरलाई सम्बोधन गर्दै पत्र लेख्दै भनेका छन् फिल्मको ट्रेलरमा संजय दत्त बसेको जेलको ट्वाइलेट ओभरफ्लो भएको देखाइएको छ । तर प्राप्त सूचना अनुसार सरकार र जेल अधिकारीले जेलको ब्यारेकको पूरा ख्याल राख्छन् ।

हामीले यस्तो प्रकारको कुनै पनि घटना सुनेका छैनौं ।’ यदि यसविरुद्ध तपाईंले कुनै एक्सन लिनुभएन भने हामीसँग माननीय अदालतमा गएर फिल्मको रिलिजमा स्टे लगाउनेबाहेक अन्य विकल्प रहँदैन ।’ फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् ।फिलममा रणवीर कपुर मनिषा कोइराला मिया दर्जा लगाइतले अभिनय गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित