जान्नुहोस ! हातबाट पनि अंगहरुमा लागेको रोगका संकेतहरु थाहा हुन्छन् कसरी ? त !

रोग लागेपछि शरीरमा संकेत देखापर्छन् । शरीरका विभिन्न अंगहरुमा रोगका संकेत देखा पर्ने गर्छन् । मात्र त्यो संकेत चिन्नु पर्ने हुन्छ । विभिन्न अंग मध्य एक हात पनि हो ।

हातमा पनि केही रोगका संकेत देखापर्छ । हातबाट हृदयाघात, पोषक तत्वको कमी, ‘थाइराइड फङ्सन’ जस्ता रोगका संकेत गर्छ । हत्केला, छालाको बनावट, नङ, पसिनाका ग्रन्थी र रङले शरीरमा विभिन्न तत्वको अभावको संकेत गरिरहेका हुन्छन्।

थाइराइड फङ्सन
‘हाइपोथाइराइडिजम’ (असामान्य रुपले निस्क्रिय थाइराइड) को संकेत सुन्निएका औंला र चिसा हात हुन सक्छ । सक्रिय खालका थाइराइड भएका हातको छाला रातो या सुख्खा हुने गर्छ।

पोषक तत्वको तह
जसलाई नङ भाँचिरहने समस्या हुन्छ , उसलाई जिंक, भिटामिन ए, भिटामिन सी र बायोटिनजस्ता पोषक तत्वको कमी भएको हुन सक्छ । अथवा क्याल्सियमको कमीबाट हुने ‘हाइपोकाल्सिमिया’ रोगको संकेत पनि हुन सक्छ ।

हाइपरहाइड्रोसिस
अधिकांश समय पसिना आउने गरी आवश्यक भन्दा बढी हत्केलाका पसिनाका ग्रन्थीहरु सक्रिय भएम ‘हाइपरहाइड्रोसिस’को संकेत हुन सक्छ ।

मुटुको अवस्था
मुठी पारेर पनि आफूलाई कुन रोग लागेको छ भन्ने अनुमान गर्न सकिन्छ । मुठी कति बलियोसँग पार्न सकिन्छ भन्ने कुराबाट मुटु कति स्वस्थ छ या हृदयाघात अथवा स्ट्रोक हुने खतरा छ–छैन भनेर संकेत पाउन सकिन्छ । यदि, मुठी दर्बिलो छ भने मुटुको अवस्था राम्रो भएको संकेतका रुपमा लिन सकिन्छ । मुठी कमजोर छ भने दीर्घकालीन स्वास्थ्य समस्या छ भन्ने देखाउँछ।

पार्किन्सन्सको संकेत
सामान्य अवस्थामा हात हल्लिरहनु पार्किन्सन्स रोगको संकेत हुन सक्छ । आराम गरेको अवस्थामा या कुनै पनि कार्य नगर्दा पनि हात हल्लिरहनु पार्किन्सन्स रोगको संकेत हुन सक्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित