युनिप्स नेपालले दियो, विद्यालयका प्राचार्यहरुलाई शैक्षिक नेतृत्व प्रशिक्षण

पोखरा, २९ जेठ l  संस्थागत एवं निजी विद्यालय संगठन (युनिप्स) नेपालले आफु मातहतका विद्यालयका प्राचार्य र सह–प्राचार्यहरुलाई शैक्षिक नेतृत्व विकास सम्बन्धी एक दिने शैक्षिक प्रशिक्षण प्रदान गरेको छ । समाजलाई नै रुपान्तरण गर्ने कार्यमा लागेका विद्यालयको व्यवस्थापन एवं शैक्षिक प्रणालीको बागडोर समाल्दै आएका प्राचार्य एवं सह–प्राचार्यहरुलाई बदँलिदो समयसँगै विद्यार्थीहरुमा आएको व्यवहारमा परिवर्तन, कर्मचारी एवं शिक्षकहरुको शिपकौशल एवं व्यवहारिक ज्ञान र अभिभावकहरुको विद्यालयलाई हेर्ने दृष्टिकोण आदि लाई समय अनुकुल रुपमा व्यवस्थापन गर्दै शिक्षाको गुणस्तर बढाउन यो शैक्षिक प्रशिक्षण आयोजना गरेको युनिप्स नेपालका अध्यक्ष शान्ता गुरुङले बताउनु भयो ।


प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै युनिप्सका संस्थापक अध्यक्ष धुव्र गिरीले शैक्षिक प्रशिक्षणले विद्यालय परिवारको नेतृत्व गर्नको लागि थप उर्जा मिलेको र विद्यालयको उद्देश्यहरु पुरा गर्नका लागि आजैबाट आफु पनि लाग्ने र अरुलाई पनि लाग्न अनुरोध गर्नुभयो । शिक्षा क्षेत्रको कुशल नेतृत्व भन्ने नाराका साथ गरिएको शैक्षिक नेतृत्व प्रशिक्षण, एचिभर्स जर्नी पोखराका शैक्षिक प्रशिक्षक सुबास पौडेलले गुणस्तरिय शिक्षाका लागि गर्नुपर्ने विभिन्न सहकार्य, विचार, बोली र व्यवहारमा परिवर्तन, नेतृत्व गर्ने कला, समुहको महत्व, लक्ष्य निर्धारण, कुनै पनि व्यक्ति एवं घटनालाई हेर्ने हाम्रो धारणा र वास्तविकता लगायतका विषयमा एन. एल. पी. का विभिन्न विधिहरु एवं प्रशिक्षणका प्रविधिहरुको प्रयोग गर्दै प्रशिक्षण प्रदान गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै प्रशिक्षण सुबास पौडेलले पहिला नेतृत्व त्यसपछि क्रमश अभिभावक, शिक्षक, कर्मचारी एवं विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरेमा मात्र विद्यालयले उत्कृष्ट नतिजा हाशिल गर्नसक्ने तर केबल विद्यार्थीहरुलाई मात्र प्रशिक्षण दिएर समस्या समाधान नहुने कुरामा जोड दिनुभएको थियो । युनिप्स नेपालमा आवद्ध १७ विद्यालयका प्राचार्य र सह–प्राचार्य गरी जम्मा ३८ जनाको उपस्थिति रहेको प्रशिक्षण कार्यक्रमको औपचारिक सञ्चालन संस्थाका सचिव खगेन्द्र राज भण्डारीले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित